विराटनगरका मनिष राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकमा नियुक्त

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरका मनिष तिम्सिना राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन् ।

एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गरेका तिम्सिनालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको हो ।

एन्फाका महासचिव किरण राईले तिम्सिनालाई आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियुक्तिपत्र प्रदान गरे ।

तिम्सिनाले विनोद डंगोलको स्थान लिएका छन् । डंगोलसँगको सम्झौता सकिएपछि एन्फाले तिम्सिनालाई गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको हो ।

तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गर्ने पहिलो नेपाली हुन् ।

उनले आइलिग क्लब गोकुलम केरलाको गोलकिपिङ प्रशिक्षकको भूमिकासमेत निर्वाह गरिसकेका छन् ।

आइलिग टोलीमा कुनै पनि प्रशिक्षकका रुपमा आबद्ध भएका उनी पहिलो नेपाली हुन् ।

तिम्सिनाले खेलाडीका रूपमा थ्री स्टार, आरसिटी, हिमालयन शेर्पा, बाँसबारी, स्वयम्मु, ब्रिगेड ब्वाइजबाट खेलेका छन् ।

यस्तै, आजै एन्फाले चेतन घिमिरेलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । घिमिरेले प्रवेश कटुवालको स्थान लिएका हुन् ।

नेपाली टोलीले आगामी जुन ६ मा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा युएईको सामना गर्ने छ ।

प्रकाशित समय: शुक्रबार ११ जेठ, २०८१, २३:२१:५४
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०