अन्तरप्रदेश खेलकुद : कोशीले जित्यो ७ स्वर्णसहित १६ पदक

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २६ चैत, २०८०
२ वर्षअघि

चितवन : चितवनको भरतरपुरमा जारी प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले उत्कृष्ट सुरुआत गरेको छ । सोमबारबाट सुरु भएका विविध प्रतिस्पर्धामा १६ पदकसहित कोशीले उत्कृष्ट सुरुआत गरेको हो ।

कोशीले ७ स्वर्ण, तीन रजत र ६ कास्य गरी १६ पदक जितेको प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए । उनका अनुसार अरू प्रतियोगितामा पनि कोशीले अग्रता बनाएको छ ।

सोमबार भएको तेक्वान्दो खेलको सिंगल पुम्सेतर्फ कोशीकी सुशीला राईले स्वर्ण जितिन् । भरतपुर कबर्डहलमा भएको स्पर्धामा तीन खेलाडीमाथि हाबी बनेर राईले स्वर्ण जितेकी हुन् ।

महिलाको १८ देखि ३० वर्षसम्मको उमेर समूहमा राईले स्वर्ण दिलाएकी हुन् ।

यस्तै, पियर पुम्सेतर्फ विवेक राई र सुशीला राई प्रथम हुँदै स्वर्ण जितेका छन् । ग्रुप पुम्से महिलामा सुशीला राई, शान्ति राई र सुविक्षा राईको समूहले स्वर्ण हात पार्दा पुरुषतर्फ विवेक राई सुदेश राई, टेकप्रसाद लिम्बू प्रथम भए ।

एथ्लेटिकतर्फ त्रिपल जम्पतर्फ कोशीकी रोजिना कुमालले स्वर्ण हात पारिन् । कराते ८४ किलो उमेर समूहमा ईश्वर धनराईले स्वर्ण जिते भने सय मिटर महिला दौडमा दोस्रो हुँदै आरती चौधरीले रजत पदक जितिन् । पुरुष सय मिटर दौडमा सुमित गच्छदारले रजत पदक हात पारे ।

त्यस्तै, करातेको सिंगल कातातर्फ विवेक राईले रजत जिते सिंगल महिला कातातर्फ रोश्मा राईले रजत हात पारे । करातेकै सिंगल फाइटिङमा ५० केजी तौल समूहमा दिव्या तामाङले रजत जितिन् ।

यस्तै, सिंगल पुम्से विधामा पुरुषतर्फ तेस्रो हुुँदै विवेक राईले कास्य जिते । स्वीमिङतर्फ भने कोशीले तीन कास्य जितेको छ भने तेक्वान्दोमा दुई कास्य हात पारेको छ ।

पदक जित्ने खेलाडीलाई प्रोत्साहन प्रदान गर्न कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले व्यक्तिगत रूपमा नगदसहित पुरस्कृत गरेका थिए । नगद पुरस्कार दिँदै वाग्लेले छोटो समयको क्लोज क्याम्पका कारण प्रदेशका खेलाडीहरूले उत्कृष्ट नतिजा ल्याएको बताए ।

तथापि, आयोजक बागमति खेलकुद विकास परिषद्ले समाचार तयार पार्दासम्मको आधिकारिक नतिजा भने सार्वजनिक गर्न सकेको छैन । यसबाट आयोजकको सूचना संयन्त्र कमजोर भएको बुझिएको प्रशिक्षकहरूले गुनासो गरेका छन् ।

यसैगरी, महिला फुटबलतर्फ गण्डकी प्रदेशलाई हराउँदै कोशीले विजयी सुरुआत ग¥यो । सोमबार बखान स्मृत रंगशालामा भएको खेलमा गण्डकीलाई ८–० गोलान्तरको फराकिलो जित निकालेको कोशीले सेमिफाइनलमा स्थान बनायो ।

कोशीको जितमा जेनिफर मगरले तीन गोल गर्दा सञ्जुमाया तामाङ र समीक्षा मगरले दुई–दुई र ममता राउतले एक गोल गरिन् । अब, मंगलबार कोशीले फाइनल प्रवेशका लागि मधेसको सामना गर्ने छ ।

पुरुष फुटबलमा कोशीले मधेसलाई २–० गोलले हराउँदा वसन्त ओझा र स्मिथ तामाङले एक–एक गोल गरे । हेटौंडाको गौरीतारा रंगशालामा मधेसलाई हराएको कोशीले सेमिफाइनलमा प्रवेश ग¥यो ।

महिला क्रिकेटतर्फ फाइनल पुगेको कोशीले स्वर्ण पदकका लागि मंगलबार सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने छ । पुरुष भलिबलतर्फ भने पहिलो चरणको खेलमा कोशीले गण्डकीमाथि चार सेटमध्ये तीन सेटमा जित निकाल्यो ।

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र भरतपुर महानगरपालिकाको समन्वयमा जारी प्रतियोगिताको उद्घाटन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । सोमबारबाट सुरु भएका विविध नौ वटा स्पर्धामा सहभागिता जनाउन कोशीबाट दुई सय २१ खेलाडीसहित दुई सय ५३ चितवन आएका छन् ।

प्रतियोगिताअन्तर्गत महिला क्रिकेट शनिबार नै सुरु भएको थियो भने अन्य खेलका प्रतिस्पर्धा सोमबारबाट सुरु भएको थियो । पुरुष क्रिकेट चैत २८ गतेदेखि हुनेछ । प्रतियोगिताको समापन समारोह गौरीटार रंगशाला हेटौंडामा वैशाख १ गते हुनेछ ।

प्रतियोगितामा पाँच हजार खेलाडी तथा अफिसियल सहभागी भएका छन् ।

प्रकाशित समय: सोमबार २६ चैत, २०८०, २०:२८:२०
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०