विराट गोल्डकप : लिग विजेता चर्च ब्वाइजसहित १० टिमको सहभागिता रहने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ६ चैत, २०८०
२ वर्षअघि

विराटनगर । पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ आगामी चैत्र तेश्रो साताबाट सुरु हुने भएको छ ।

विराटनगरस्थित सहिद रंगशालामा आगामी चैत्र १५ गतेबाट गोल्डकप सुरु हुन लागेको हो ।

हाल प्रतियोगिताकोे सम्पूर्ण पूर्वतयारी अन्तिम चरणमा पुगिसकेको आयोजकले जनाएको छ ।

कोशी प्रदेशकै ठुलो फुटबल प्रतियोगिता विराट गोल्डकपकोे आठौं संस्करण आगामी चैत्र १५ गतेदेखि सञ्चालन हुने भएको छ ।

विराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा आगामी चैत्र १५ देखि २४ गतेसम्म ८ औं संस्करणको गोल्डकप सञ्चालन हुने भएको हो ।

विराटनगरस्थित सहिद रंगशालामा मंगलबार पत्रकार सम्मेलन गर्दै फुटबल ट्रष्टले गोल्डकप आयोजनाबारे जानकारी दिएको हो ।

यसवर्षको गोल्डकपमा नेपाल, भारत र भुटानका गरी कुल १० वटा टीमको सहभागिता रहने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार गोल्डकपमा भारतबाट २, भुटानबाट १ र नेपालका विभागीयसहित कुल ७ टीमको सहभागिता रहने छ ।

गोल्डकप सञ्चालनको सम्पूर्ण पूर्र्वतयारी अन्तिम चरणमा पुगिसकेको जानकारी दिँदै आयोजकले गोल्डकप सञ्चालनका लागि कुल १ करोड १८ लाख ४३ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

यसपटक हुने आठौं संस्करणको विराट गोल्डकपको विजेता र उप–विजेताले पाउने नगद पुुरस्कारको राशी भने आधा घटाईएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार गतवर्षको गोल्डकपमा भएको घाटालाई दृष्टिगत गर्दै यसवर्षको पुरस्कार राशी घटाईएको हो ।

गतवर्ष प्रतियोगिताको विजेता र उप–विजेताले क्रमशः रु. २० लाख ५१ हजार र १० लाख ५१ हजार नगद पुरस्कार प्राप्त गरेकोमा यसपटक विजेताले ११ लाख र उप–विजेताले ५ लाख ५० हजार रुपैयाँ मात्र प्राप्त गर्नेछन् ।

पुरस्कार राशी घटाईएपनि खेलाडीहरुको दैनिक भत्ता बढाईएको आयोजक संस्थाका अध्यक्ष किशोर बहादुर शाहीले बताए ।

चैत्र १५ देखि २५ गतेसम्म कुल १० दिन सञ्चालन हुने गोल्डकपको उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु. २१ हजार, म्यान अफ द म्याचलाई ११ हजार तथा सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल पुरस्कार दिने व्यवस्था आयोजकको छ ।

आयोजकका अनुसार यसवर्षको फुटबल प्रतियोगितालाई भने कोशी प्रदेश सरकारले २५ लाख, विराटनगर महानगरपालिकाले १२ लाख र राष्ट्रिय खेलकुल परिषदले ५ लाख नगद सहयोग गर्ने भएको छ ।

विराट गोल्डकप विराटनगरको पहिचान र प्रतिष्ठासँग जोडिएको हुनाले यसको प्रर्वद्धनमा सबैले सहयोग गर्नुपर्ने महानगर प्रमुख नागेश कोईरालाले बताए ।

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको गोल्डकप २०६२/०६३ सालको जनआन्दोलनपछि परिवर्तित नामसहित २०६८ सालबाट विराट गोल्डकपको रुपमा आयोजना हुँदै आएको छ ।

गत वर्ष सातौं संस्करणको विराट गोल्डकपको विजेता विराटनगरकै ‘विराटनगर सिटी फुटबल क्लब’ भएको थियो भने उप–विजेता भारतस्थित केरलाको ‘लुका सकर क्लब’ बनेको थियो ।

प्रकाशित समय: मङ्गलबार ६ चैत, २०८०, १७:२७:०१
सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने
आईतबार २० ब‌ैशाख, २०८३
एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय
आईतबार २० ब‌ैशाख, २०८३
इरान-इजरायलको भूराजनीतिक तनावले साउदीमा छायो मदिराको संकट
आईतबार २० ब‌ैशाख, २०८३
रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड
आईतबार २० ब‌ैशाख, २०८३
नयाँ आईजीपी पौडेलले सोमबार फुली लगाउने, गृहसचिवबाट दर्ज्यानी चिन्ह प्रदान गरिने
आईतबार २० ब‌ैशाख, २०८३
सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ
आईतबार २० ब‌ैशाख, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
आईतबार २० ब‌ैशाख, २०८३
नारायणगढ–मुग्लिन सडकमा पहिरो, तुइन खोलामा एकतर्फी यातायात सञ्चालन
आईतबार २० ब‌ैशाख, २०८३
भू–अभिलेख प्रणालीबाट सुकुम्वासी पहिचान सुरु, वास्तविक लाभग्राही छुट्याइने
आईतबार २० ब‌ैशाख, २०८३
‘प्रेस स्वतन्त्रताको रक्षा हुन्छ भन्नेमा शंका’ — महासंघ अध्यक्ष शर्मा
आईतबार २० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०