केपिटी : कर्णाली शीर्ष स्थानमा उक्लियो, लुम्बिनी सेमिफाइनल नजिक

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २६ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा शनिबार भएको पहिलो खेलमा कर्णाली प्रदेशले विभागीय टोली एपिएफ क्लबलाई ५१ रनले पराजित गरेको छ ।

Advertisement

जितसँगै कर्णाली समूह ‘ए’ मा ४ खेलमा २ मा जित र २ मा पराजित हुँदै ४ अंकको साथ शिर्ष स्थानमा उक्लिएको छ ।

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ६५ रनको स्कोर खडा गरेको थियो ।

कर्णालीका लागि प्लेयर अफ द म्याच अर्जुन घर्तीले ३४ बलमा २ छक्का र २ चौका प्रहार गरि नटआउट ५५ रन बनाउँदा विपिन रावलले ३६ बलमा ३ छक्का र २ चौका प्रहार गरि ४२ रन र रविन्द्र शाहीले ३५ रनको योगदान दिए ।

एपिएफका रमेश कुर्मी, चन्दन राम, भुवन कार्की, अमर रौटेला र इर्साद अहमदले १–१ विकेट लिए ।

जवाफमा १ सय ६६ रनको लक्ष्य पाएको एपिएफले पुरै ओभर खेल्दै ६ विकेट गुमाई १ सय १४ रन मात्र बनाउन सक्यो ।

एपिएफका अमर रौटेलाले ३७ बलमा १ छक्का र २ चौका प्रहार गरि ३७ रन, हिमाञ्सु दत्तले २५ र पुरन विकले १८ रनको योगदान दिए ।

कर्णालीका दिपेन्द्र रावतले २ विकेट लिँदा रविन्द्र साहले पनि २ विकेट तथा प्रकाश जैसीले १ विकेट लिए ।

दोस्रो खेलमा लुम्बिनी प्रदेशले वागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको छ ।

लुम्बिनीको यो लगातार ३ खेलमा सत प्रतिशत नजिता निकाल्दै ६ अंकका साथ समूह ‘बी’ को शिर्ष स्थानमा यथावत रहेको छ ।

लुबिनीले यसअघि गण्डकी र सुदूरपश्चिमलाई पराजित गरेको थियो ।

टस जितेर ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५३ रनको योगफल तयार पारेको थियो ।

वागमतीका कप्तान रित गौतमले ३३ बलमा १ छक्का र ४ चौका प्रहार गरि ४३ रन बनाउँदा आशुतोष घिरैयाले २८ रन र उत्तम मगरले २५ रन र इसान पाण्डेले २१ रनको योगदान दिए ।

लुम्बिनीका चाहुल चैहानले ३ विकेट लिँदा कृष्ण कार्कीले २ विकेट लिए ।

जवाफमा १ सय ५४ को लक्ष्य पछ्याएको लुम्बिनीले कप्तान देव खनालको सतकले १७ दशमलव २ बलमा ३ विकेट गुमाई लक्ष्य पार गरेको थियो ।

लुम्बिनीको जितमा कप्तान खनालले १ सय रनमा नटआउट रहे ।

उनले ५१ बलमा ७ छक्का र ७ चौका प्रहार गरि शतक पुरा गरे ।

खनालको सतक कोशी प्रदेश ट्रफिमा पहिलो शतक हो ।

त्यस्तै विशाल विक्रम केसीले नटआउट २७ रन बनाए । वागमतीका विपिन आचार्य, गौतम केसी र कृजन गुरुङले १–१ विकेट लिए ।

आइतबारको पहिलो खेल गण्डकी र नेपाल पुलिस तथा दोस्रो खेल आर्मी र मधेशविच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’
मङ्गलबार २३ असार, २०८३
युएई सरकारले दियो १११ नेपाली नागरिकलाई आममाफी
मङ्गलबार २३ असार, २०८३
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने : गौरी कुमारी
मङ्गलबार २३ असार, २०८३
प्रधानमन्त्री र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता
मङ्गलबार २३ असार, २०८३
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बस्दै
मङ्गलबार २३ असार, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा देवेन्द्र खत्री नियुक्त
मङ्गलबार २३ असार, २०८३
संखुवासभा र पाँचथरमा ओढार र खोल्सामा कसले लुकायो भरुवा बन्दुक?
मङ्गलबार २३ असार, २०८३
गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०