फाइनलमा स्तब्ध बन्यो नेपाल, नेदरल्यान्ड्सले उचाल्यो उपाधि

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २२ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । घरेलु टोली नेपाललाई हराउँदै नेदरल्यान्ड्सले टी ट्वान्टी त्रिकोणात्मक सिरिजको उपाधि जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा नेपाललाई हराउँदै नेदरल्यान्ड्सले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको उपाधि उचालेको हो ।

Advertisement

नेदरल्यान्ड्स र नामिबियासम्मिलित सिरिजको फाइनलमा नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भएसँगै नेपाल उपाधिबाट विमुख भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.३ओभरमा ६ विकेटको क्षतिमा एक सय ८९ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ५४ रनको अर्धशतकीय इनिङ्स खेले भने सेवार्ट इन्जेलब्रेचले ४८, विक्रमजित सिंहले २९, म्याक्स ओडोडले २२ र टिम भान डेरले अविजित २१ रन बनाए ।

बलिङमा नेपालका कुशल मल्लले चार विकेट लिए । अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।

नेपालका लागि आशिफ शेखले ४७ रन बनाउँदा गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल मल्लले २५ र कुशल भुर्तेलले २० र करण केसीले नौ रन बनाए ।

बलिङमा नेदरल्यान्ड्सका टिम भा डियर, माइकल लेविट, सेवार्ट इन्जेलब्रेच र फ्रेड कासेनले दुई दुई विकेट लिए ।

नेदरल्यान्ड्सले भने नेपाल भ्रमणलाई उपाधिसहित सुखद बनाएको छ । नेपाल भने फाइनलमा स्तब्ध बनेको छ ।

नेपालले चार खेलको सिरिजमा दुई हार र दुई जितसहित चार अंक जोड्दै फाइनलमा स्थान बनाएको थियो ।

नेदरल्यान्ड्स चार खेलबाट पाँच अंक जोड्दै शीर्ष टोलीको रूपमा फाइनलमा पुगेको थियो ।

तीन अंक बनाएको नामिबिया बाहिरिएको थियो । नेपालले आइसिसी टी–२० विश्वकपको तयारी स्वरूप घरेलु मैदानमा त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज खेलेको हो ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’
मङ्गलबार २३ असार, २०८३
युएई सरकारले दियो १११ नेपाली नागरिकलाई आममाफी
मङ्गलबार २३ असार, २०८३
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने : गौरी कुमारी
मङ्गलबार २३ असार, २०८३
प्रधानमन्त्री र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता
मङ्गलबार २३ असार, २०८३
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बस्दै
मङ्गलबार २३ असार, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा देवेन्द्र खत्री नियुक्त
मङ्गलबार २३ असार, २०८३
संखुवासभा र पाँचथरमा ओढार र खोल्सामा कसले लुकायो भरुवा बन्दुक?
मङ्गलबार २३ असार, २०८३
गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०