म्यान अफ द म्याच हुने खेलाडीलाई एनआइसी एसिया बैंकको क्युआरबाट भुक्तानी

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २१ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । विराटनगरमा मंगलबारदेखि सुरु हुने कोशी प्रदेश क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीलाई क्युआरबाट भुक्तानी गरिने भएको छ ।

आयोजक मोरङ जिल्ला क्रिकेट संघ र एनआइसी एसिया बैंकबीच प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीहरूलाई क्युआरबाट भुक्तानी गर्ने सहमति भएको हो ।

सोमबार बैंकको तर्फबाट ब्रान्डिङ एन्ड कर्पाेरेट कम्युनिकेसनका प्रमुख सरोज भट्टराई र संघको तर्फबाट मोरङ अध्यक्ष महमद साद बाबु कुरेशीले सम्झौता गरेका छन् ।

म्यान अफ द म्याच हुने खेलाडीलाई कति राशि दिने त्यो भने मंगलबार तोकिने अध्यक्ष कुरेशीले बताए ।

डिजिटल माध्यमबाट पहिलोपटक खेलकुद क्षेत्रमा भुक्तानी गर्ने योजना ल्याएको उनले बताए ।

‘क्रिकेट व्यवस्थापनको विकासमा एउटा मेरुदण्डको रहेको हामीले बुझेका छौं । यसलाई सम्भव तुल्याउन एनआइसी एसिया बैंकको सदाचारी समर्थन हाम्रा लागि कोशेढुंगा सावित भएको छ,’ उनले भने ।

फागुन २२ गतेबाट चैत्र ३ गतेसम्म प्रतियोगिता विराटनगरको बैजनाथपुर रंगशालामा हुनेछ ।

प्रतियोगिताका विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

सातवटा प्रदेशसँगै तीनवटा विभागीय टोलीबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि करिब ७५ लाख रुपैयाँ खर्च हुने उनको भनाई छ ।

लिग कम नकआउटको आधारमा खेल हुने आयोजकले बताए ।

प्रकाशित समय: सोमबार २१ फाल्गुण, २०८०, २०:१४:५६
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०