त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्ने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाडेका छन् ।

योसँगै सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन् ।

नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल चार अंक जोड्दै फाइनमा पुग्दा नामिबियाले तीन अंक जोडेको छ ।

नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा चार विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको थियो ।

त्यसपछि वर्षा भएसँगै खेल रोकिएको थियो । खेल रोकिनुअघि नामिबियाका लागि जान लोफ्टी इएटनले ३४ रन र जिन ग्रिन ११ रन बनाएर खेलिरहेका थिए ।

लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।

त्यस्तै नेपालले तेस्रो खेलमा नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको थियो ।

फाइनल खेल फागुन २२ गते मंगलबार हुने छ ।

प्रकाशित समय: आईतबार २० फाल्गुण, २०८०, १६:०८:४५
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
आईतबार २० ब‌ैशाख, २०८३
नारायणगढ–मुग्लिन सडकमा पहिरो, तुइन खोलामा एकतर्फी यातायात सञ्चालन
आईतबार २० ब‌ैशाख, २०८३
भू–अभिलेख प्रणालीबाट सुकुम्वासी पहिचान सुरु, वास्तविक लाभग्राही छुट्याइने
आईतबार २० ब‌ैशाख, २०८३
‘प्रेस स्वतन्त्रताको रक्षा हुन्छ भन्नेमा शंका’ — महासंघ अध्यक्ष शर्मा
आईतबार २० ब‌ैशाख, २०८३
इरान–तेल प्रकरण: चीनले अमेरिकाको निर्णय नमान्ने
आईतबार २० ब‌ैशाख, २०८३
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने
शनिवार १९ ब‌ैशाख, २०८३
रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने
शनिवार १९ ब‌ैशाख, २०८३
‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव
शनिवार १९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०