साम्बाले फाइनल खेल नखेल्ने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी‘साम्बा’ ले वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनल नखेल्ने भएकी छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार आफ्नो फेसबुक पेजमार्फत साम्बाले जोर्डनविरुद्ध फाइनल नखेल्ने जनाएको हो ।

साउदी अरेबियामा‌ जारी प्रतियोगिताअन्तर्गत उपाधि भिडन्तमा नेपालले जोर्डनसँग खेल्दै छ । बिहीबार फाइनल हुने छ ।

प्रतियोगितामा नौ गोल गरेर दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी साम्बाले सो खेल गुमाउने भएकी हुन् ।

फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित साम्बाले फिफाको नियमअनुसार फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम रहेको छ ।

वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको तर नकआउट चरणका खेल भने फिफा विन्डो बाहिर छन् ।

फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । जसमा तीन खेलसम्म खेल्न पाउने प्रावधान छ ।

साम्बाले समूह चरणमा नै ३ खेल खेलिसकेपनि ग्वेंगाम्पले साम्बालाई सेमिफाइनल खेल्न दिएको थियो ।

तर, फ्रान्सेली लिगमा ग्वेंगाम्पले मार्च २ मा निकै महत्त्वपूर्ण खेल खेल्ने र वाफको फाइनल खेलेर उक्त खेलका लागि उपलब्ध हुन नसक्ने भएपछि क्लबले सेमिफाइनल पछि नै उनको माग गरेको छ ।

उनले फ्रेन्च क्लब अन आभान्ट ग्वेंगाम्पसँग डेढ वर्षको सम्झौता गरेर खेलिरहेकी छन् ।

केही समयअघि उनी इजरायली क्लब हापोएल रानानाबाट ब्यबसायिक फुटबल खेलेकी थिइन् ।

तर, युद्धका कारण उनी इजरायलबाट फर्किएकी थिइन् । उनले छोटो समयमा नै इजरायली क्लबमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दा उनी फ्रेन्च क्लबको नजरमा परेकी थिइन् ।

नेपाली महिला फुटबलतर्फ अन्तर्राष्ट्रिय जगतमा परिचय बनाउन सफल साम्बा युरोपेली लिगमा माथिल्लो स्तरको क्लबबाट खेल्ने एकमात्र खेलाडी हुन् ।

नेपालले सेमिफाइनलमा लेबनानलाई २-१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो, जसमा साम्बा र प्रीति राईले एक-एक गोल गरेका थिए ।

यससँगै साम्बाले वाफ महिला च्यायम्पियनसिपअन्तर्गत ९ गोल गरिन् ।

उनले भारतीय बालादेवीको नाममा रहेको ५२ गोलको रेकर्ड तोडेकी हुन् ।

सावित्रीले ४६ खेलबाट ५३ गोल गर्दै बालादेवीको रेकर्ड तोडेको हुन् । भारतीय बाला देवीले ६४ खेलमा ५२ गोल गरेकी थिइन् ।

हाल साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिपमा ९ गोल सहित गोल्डेन बुटको दावेदार रहेकी साम्बाले सिरिया विरुद्ध १ गोल, इराकविरुद्ध ५ गोल, प्यालेस्टाइनविरुद्ध २ गोल र सेमिफाइनलमा लेबनानविरुद्ध १ गोल गरिसकेकी छन् ।

इराक विरुद्ध ५ गोल गर्दै उनले नेपालको तर्फबाट ५० अन्तरास्ट्रिय गोलको कोषेढुंग आपार गरेकी थिइन् ।

अन्तर्रास्ट्रिय खेल मिडियाले नेपाली स्टार साम्बालाई गोल मेसिनको उपमा दिने गरेका छन् ।

प्रकाशित समय: बुधबार १६ फाल्गुण, २०८०, १६:२८:१३
नारायणगढ–मुग्लिन सडकमा पहिरो, तुइन खोलामा एकतर्फी यातायात सञ्चालन
आईतबार २० ब‌ैशाख, २०८३
भू–अभिलेख प्रणालीबाट सुकुम्वासी पहिचान सुरु, वास्तविक लाभग्राही छुट्याइने
आईतबार २० ब‌ैशाख, २०८३
‘प्रेस स्वतन्त्रताको रक्षा हुन्छ भन्नेमा शंका’ — महासंघ अध्यक्ष शर्मा
आईतबार २० ब‌ैशाख, २०८३
इरान–तेल प्रकरण: चीनले अमेरिकाको निर्णय नमान्ने
आईतबार २० ब‌ैशाख, २०८३
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने
शनिवार १९ ब‌ैशाख, २०८३
रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने
शनिवार १९ ब‌ैशाख, २०८३
‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव
शनिवार १९ ब‌ैशाख, २०८३
शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने
शनिवार १९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०