महासमिति बैठकमा हिन्दू राष्ट्रका पक्षमा निर्णय लिन भन्दै पराजुलीले बुझाए हस्ताक्षर

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले आसन्न महासमिति बैठकमा सनातन् हिन्दूराष्ट्रको पक्षमा निर्णय लिन भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका छन् ।

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य पराजुलीसहित २२ जना केन्द्रीय सदस्यहरूले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु राष्ट्रको पक्षमा उभिन विशेष पूरक प्रस्ताव पेस गरेका हुन् ।

बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा शंकर भण्डारीको नेतृत्वमा ती केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर गर्नेमा भण्डारी र पराजुलीसँगै देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, शुक्रराज शर्मा, इन्द्रबहादुर बानियाँ, दिलेन्द्रप्रसाद बडू र रंगमति शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीताकुमारी राना छ्न् ।

यस्तै केन्द्रीय सदस्य पुष्पा भुसाल, सारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर बड, सञ्जय गौतम, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा. डिला संग्रौलाले पनि हस्ताक्षार गरेका छन् ।

उनीहरूले हस्ताक्षर गरेको पुरक प्रस्तावमा भनिएको छ, ‘नेपाली कांग्रेस जस्तो व्यापक जन आधारमूलक प्रजातान्त्रिक पार्टीले धार्मिक स्वतन्त्रतासहितको नेपाली भूमिमा प्रादुर्भाव भएको बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृतिसहित ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको विषयप्रति गम्भीर बनेको छ ।’

वैदिक सनातन हिन्दु राष्ट्र नेपाल कायम गर्न त्रिवेणीधाममा भएको महासमिति बैठक र काठमाडौंमा सम्पन्न महासमितिको बैठकमा बहुमत महासमिति सदस्यहरूले सनातन हिन्दु राष्ट्रको माग गर्दै प्रस्ताव पेस गरेको विषय पनि उनीहरूले स्मरण गराएका छन् ।

‘नेपाली कांग्रेसका महासमिति सदस्यहरूले यसको विपक्षमा वैदिक सनातन हिन्दूराष्ट्र राष्ट्र नेपाल कायम गर्न त्रिवेणी धाममा भएको महासमिति बैठकमा व्यापक हस्ताक्षरसहित जोडदार रूपमा माग राखेको र काठमाडौंमा सम्पन्न महासमितिको बैठकमा बहुमत महासमिति सदस्यहरूले सनातन हिन्दुराष्ट्रको माग गर्दै प्रस्ताव पेश गरेको ऐतिहासिक तथ्यलाई स्मरण गराउँदै ७ फागुनदेखि प्रारम्भ हुने महासमिति बैठकका सन्दर्भमा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक दस्तावेजहरूमा वैदिक सनातन धर्मजस्तो बहुमत महासमिति सदस्यको भावना र आम नेपाली जनताको व्यापक चासो र चिन्ताको विषयलाई छलफलमा नल्याइएप्रति चिन्तित हुँदै हामी नेपाली कांग्रेसका तपशीलका केन्द्रीय कार्यसमितिका सदस्यहरूले महासमितिको बैठकबाट छलफल गरेर सनातन हिन्दुराष्ट्रको पक्षमा नेपाली काँग्रेस दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पुरक प्रस्तावको रूपमा वैदिक सनातन हिन्दूधर्मको पक्षमा यो प्रस्ताव पेस गरेका छौं,’ प्रस्तावमा भनिएको छ ।

कांग्रेस महासमिति बैठक सोमवारदेखि काठमाडौंमा सुरु हुँदै छ ।

प्रकाशित समय: शुक्रबार ४ फाल्गुण, २०८०, १९:०७:३१
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०