गिरि फाउन्डेसनको शिविरमा ७५५ जनाले गराए स्वास्थ्य जाँच

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २७ माघ, २०८०
२ वर्षअघि

विराटनगर । पछिल्लो समय समाज सेवामा तल्लीन रहेका अभिषेक गिरिले विपन्न वर्गका बिरामीलाई मध्यनजर गर्दै आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७५५ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

गिरिले स्थापना गरेको गिरि फाउन्डेसन र पारस मल्टिस्पेसियालिटी हस्पिटलले शनिबार विराटनगर महानगरपालिका–८ स्थित श्री ज्ञानकुञ्च आधारभूत विद्यालयमा शिविर चलाएका थिए ।

उल्लेखनीय सर्वसाधारणको उपस्थिति रहेको सो शिविरमा ७५५ जनाले निःशुल्क स्वास्थ्य जाँच गराएका छन् । जसमध्ये एक सय ८० जनाको इसिजी जाँच र २८० जनाको रक्तचाप र सुगर परीक्षण गरिएको छ ।

शिविरमा आएका अधिकांश सेवाग्राहीले निःशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित भएको बताएका छन् । यस्ता शिविरबाट खर्चिलो उपचारको पहुँचबाट टाढा रहेका गरिब–निमुखाले सेवा पाउने उनीहरूको भनाइ छ ।

यता, फाउन्डेसनका अध्यक्ष अभिषेक गिरिले प्रत्येक शनिबार निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिने बताउँदै पहिलो चरणमा विराटनगरका १९ वटै वडामा र विस्तारै अरू पालिकामा पनि गरिने बताए ।

गिरिले आफ्नो फाउन्डेसनमार्फत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी बिरामीहरूलाई सुलभ र सहज उपचार सेवा उपलब्ध गराउने उल्लेख गरे ।
विपन्न वर्गका बिरामीले स्वास्थ्योपचार नपाइरहेको परिस्थितिलाई मध्यनजर गरेर स्वास्थ्य शिविर चलाइएको उनको भनाइ छ ।

पारस हस्पिटलका वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. फेजल अन्सारीले शिविरमा स्वास्थ्य जाँच गराउनेहरूलाई करिब पाँच लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको बताए ।

परीक्षणमा आएका अधिकांश विपन्न वर्गका रहेको बताउँदै उनले यस्तो शिविरले उपचारको पहुचभन्दा पर रहेकाले लाभ लिने बताए ।

निःशुल्क स्वास्थ्य शिविरमा बालबालिकादेखि वृद्ध–वृद्धाले निःशुल्क स्वास्थ्य जाँच गराउँदै विशेषज्ञ चिकित्सकसँग परामर्श लिएका थिए । उनीहरूलाई निःशुल्क रूपमा औषधिसमेत वितरण गरिए पारस हस्पिटलका प्रबन्ध निर्देशक हेमनारायण मेहताले जानकारी दिए ।

अस्पतालको पहुँचबाट टाढा रहेका विपन्न वर्गका सर्वसाधारणलाई मध्येनजर गरी गिरि फाउन्डेसन र पारस हस्पिटलले संयुक्त रूपमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न सम्झौता भएको थियो ।

जसअनुसार शिविर गर्ने स्थानदेखि स्वास्थ्य सामग्रीमा लाग्ने खर्च व्यवस्थापनसम्म फाउन्डेसनले गर्नेछ भने चेकजाँच अस्पतालले गर्ने उल्लेख छ ।

प्रकाशित समय: शनिवार २७ माघ, २०८०, १९:१९:४०

सम्बन्धित खबर

सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति

बिहिबार ३ ब‌ैशाख, २०८३
१ घण्टाअघि

कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने

बिहिबार ३ ब‌ैशाख, २०८३
२ घण्टाअघि

रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार

बिहिबार ३ ब‌ैशाख, २०८३
३ घण्टाअघि

प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल

बिहिबार ३ ब‌ैशाख, २०८३
६ घण्टाअघि

दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा

बिहिबार ३ ब‌ैशाख, २०८३
६ घण्टाअघि

पूर्वमन्त्री खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ

बुधबार २ ब‌ैशाख, २०८३
१ दिनअघि
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण
बिहिबार ३ ब‌ैशाख, २०८३
कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
बिहिबार ३ ब‌ैशाख, २०८३
विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश
बिहिबार ३ ब‌ैशाख, २०८३
प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल
बिहिबार ३ ब‌ैशाख, २०८३
दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
बिहिबार ३ ब‌ैशाख, २०८३
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
पूर्वमन्त्री खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ
बुधबार २ ब‌ैशाख, २०८३
दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश, मुद्दाको सुनुवाइ जारी
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०