गिरि फाउन्डेसनको शिविरमा ७५५ जनाले गराए स्वास्थ्य जाँच

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २७ माघ, २०८०
३ वर्षअघि

विराटनगर । पछिल्लो समय समाज सेवामा तल्लीन रहेका अभिषेक गिरिले विपन्न वर्गका बिरामीलाई मध्यनजर गर्दै आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७५५ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

गिरिले स्थापना गरेको गिरि फाउन्डेसन र पारस मल्टिस्पेसियालिटी हस्पिटलले शनिबार विराटनगर महानगरपालिका–८ स्थित श्री ज्ञानकुञ्च आधारभूत विद्यालयमा शिविर चलाएका थिए ।

Advertisement

उल्लेखनीय सर्वसाधारणको उपस्थिति रहेको सो शिविरमा ७५५ जनाले निःशुल्क स्वास्थ्य जाँच गराएका छन् । जसमध्ये एक सय ८० जनाको इसिजी जाँच र २८० जनाको रक्तचाप र सुगर परीक्षण गरिएको छ ।

शिविरमा आएका अधिकांश सेवाग्राहीले निःशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित भएको बताएका छन् । यस्ता शिविरबाट खर्चिलो उपचारको पहुँचबाट टाढा रहेका गरिब–निमुखाले सेवा पाउने उनीहरूको भनाइ छ ।

यता, फाउन्डेसनका अध्यक्ष अभिषेक गिरिले प्रत्येक शनिबार निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिने बताउँदै पहिलो चरणमा विराटनगरका १९ वटै वडामा र विस्तारै अरू पालिकामा पनि गरिने बताए ।

गिरिले आफ्नो फाउन्डेसनमार्फत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी बिरामीहरूलाई सुलभ र सहज उपचार सेवा उपलब्ध गराउने उल्लेख गरे ।
विपन्न वर्गका बिरामीले स्वास्थ्योपचार नपाइरहेको परिस्थितिलाई मध्यनजर गरेर स्वास्थ्य शिविर चलाइएको उनको भनाइ छ ।

पारस हस्पिटलका वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. फेजल अन्सारीले शिविरमा स्वास्थ्य जाँच गराउनेहरूलाई करिब पाँच लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको बताए ।

परीक्षणमा आएका अधिकांश विपन्न वर्गका रहेको बताउँदै उनले यस्तो शिविरले उपचारको पहुचभन्दा पर रहेकाले लाभ लिने बताए ।

निःशुल्क स्वास्थ्य शिविरमा बालबालिकादेखि वृद्ध–वृद्धाले निःशुल्क स्वास्थ्य जाँच गराउँदै विशेषज्ञ चिकित्सकसँग परामर्श लिएका थिए । उनीहरूलाई निःशुल्क रूपमा औषधिसमेत वितरण गरिए पारस हस्पिटलका प्रबन्ध निर्देशक हेमनारायण मेहताले जानकारी दिए ।

अस्पतालको पहुँचबाट टाढा रहेका विपन्न वर्गका सर्वसाधारणलाई मध्येनजर गरी गिरि फाउन्डेसन र पारस हस्पिटलले संयुक्त रूपमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न सम्झौता भएको थियो ।

जसअनुसार शिविर गर्ने स्थानदेखि स्वास्थ्य सामग्रीमा लाग्ने खर्च व्यवस्थापनसम्म फाउन्डेसनले गर्नेछ भने चेकजाँच अस्पतालले गर्ने उल्लेख छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
१ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
१ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
४ दिनअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
५ दिनअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
५ दिनअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
६ दिनअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०