कोशीका नवनियुक्त चार मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २६ माघ, २०८०
३ वर्षअघि

विराटनगर । कोशी प्रदेशका नवनियुक्त चार मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार नियुक्त भएका चार जना मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आज नेपाली कांग्रेसका दुई प्रदेशसभा सदस्य मन्त्री बने भने नेकपा माओवादी केन्द्रका दुई सांसद मन्त्री बने । यसैगरी, कांग्रेसका दुई सांसद राज्यमन्त्री बनिन् ।
माओवादीका तर्फबाट उदयपुरबाट निर्वाचित नारायण बुर्जा मगर र संखुवासभाका राजेन्द्र कार्की मन्त्री बने भने नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्री मन्त्री बने । कांग्रेसकी ईन्दिरा थापा र सुनिताकुमारी गुरुङले राज्यमन्त्रीका रूपमा शपथ लिइन् ।

माओवादीका बुर्जामगरले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रीका रूपमा शपथ लिँदा कार्कीले सामाजिक विकास मन्त्रालयको जिम्मा पाए ।
कांग्रेसका खत्रीले उद्योग, कृषि तथा सहकारी र सुनुवारले स्वास्थ्यमन्त्री बने ।
कांग्रेसकी ईन्दिरा थापाले भने आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्रीका रूपमा नियुक्त भएकी छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री केदार कार्की स्वयमले लिए ।
यसैगरी, कांग्रेसकै गुरुङ आन्तरिक मामिला तथा योजना राज्यमन्त्री बनेकी छन् ।
यससँगै कार्की नेतृत्वको १० सदस्यीय मन्त्रीमण्डल बनेको छ ।
नेकपा एमालेको सहयोगमा गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले निरन्तर सरकार विस्तारको भाका सारिरहेका थिए ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार सत्ता गठबन्धनले माओवादीका ईन्द्रबहादुर आङबोलाई मुख्यमन्त्रीमा अगाडि सारेका बेला कार्कीले विद्रोह गरेर कोशीको नेतृत्व सम्हालेका थिए ।
कांग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
असोज २८ गते शपथग्रहण गरेका दिन नै उनले एमालेबाट रामबहादुर राना र कांग्रेसबाट शम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।
कार्कीले कात्तिक १ गते नै विश्वासको मत लिए । उनलाई राप्रपाका ६ सांसद बाहेक सबैले विश्वासको मत दिएका थिए ।
आफू मुख्यमन्त्रीमा नियुक्ति भएको २० दिनपछि कार्कीले कात्तिक १७ गते माओवादीबाट गणेशप्रसाद उप्रेती ‘सुशील’ र नेकपा (एकीकृत समाजवादी) बाट कमल प्रसाद जबगुलाई मन्त्री पदमा नियुक्त गरे ।
उनीहरूलाई नियुक्त गर्न लागेपछि एमालेबाट मन्त्री बनेका राना मगरले भने राजीनामा दिएका थिए ।
एमालेबाट मगरले राजीनामा दिएसँगै मन्त्रीमण्डल चार सदस्यमा सीमित भयो ।
नियुक्त भएका मन्त्रीहरू राई, जबेगु र उप्रेतीले पनि लामो समय बिनाविभागीय बस्नु परेको थियो ।
कार्कीले उनीहरूलाई मंसिर १७ गते जिम्मेवारी दिए ।
जसअनुसार राई सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन, जबेगुलाई भौतिक पूर्वाधार विकास र उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

प्रकाशित समय: शुक्रबार २६ माघ, २०८०, १७:४७:४०
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०