कोशीका मुख्यमन्त्री कार्कीको ‘लास्ट बेन्चर’ अभिव्यक्तिमाथि टिकाटिप्पणी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २४ माघ, २०८०
३ वर्षअघि

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दिएको अभिव्यक्तिप्रति टिकाटिप्पणी हुन थालेको छ ।

मुख्यमन्त्री कार्कीले सोमबार मोरङको सुन्दरहरैंचा नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दिएको अभिव्यक्तिमाथि टिकाटिप्पणी हुन थालेको हो ।

सुन्दरहरैंचा–६ स्थित साजिलाल माध्यमिक विद्यालयको ५८औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्दै कार्कीले आफू कक्षाको अन्तिम बेन्चमा बस्दा पनि मुख्यमन्त्री बनेको बताएका थिए ।

आफू लास्ट बेन्चर भए पनि प्रदेशको नेतृत्व गर्न सफल भएको बताउँदै उनले आफूसँगै पहिलो बेन्चमा बस्ने खरिदारमा सीमित बनेको बताएका थिए ।

‘म पनि क्लासमा बस्ने लास्ट बेन्चकै मान्छे हुँ, फर्स्टमा बस्नेले त केवल लेख्न–पढ्नमात्र जान्यो,’ उनले भनेका छन्, ‘कसरी लोकसेवा पास गर्ने र भुँडी भर्नेमात्र जान्यो । ऊ अहिले खरदार छ, म मुख्यमन्त्री छु ।’

उनको अभिव्यक्तिले खरदार पदलाई होच्याएको मात्र नभई निजामति कर्मचारीहरू काममा भन्दा भ्रष्टाचारमा लिप्त रहेको जनाउँछ ।

निजामति कर्मचारीलाई मुख्यमन्त्रीले आफ्नो ओहदासँग तुलना गरेको भन्दै उनको अभिव्यक्तिप्रति टिकाटिप्पणी हुन थालेको हो ।

समाजशास्त्री तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका समाजशास्त्र विभाग प्रमुख उप- प्राध्यापक डा. चन्द्र तिम्सिना सामाजिक सञ्जालमा लेख्छन्, ‘फर्स्ट बेन्च, लास्ट बेन्च, खरदार अनि चाणक्य !’

खरदार भनेको लोकसेवाजस्तो सम्मानित परीक्षामा उत्तीर्ण गर्ने कर्मचारी भएको बताउँदै तिम्सिनाले राजनीतिक ओहदासँग यसको तुलना गर्नु अस्वभाविक रहेको बताए ।

‘लास्ट बेन्चमा बसेर मुख्यमन्त्री बनेको भन्ने उहाँको जुन भनाइ छ, मुख्यमन्त्री बन्नु राजनीतिक सफलता हो,’ उनी भन्छन्, ‘आजको सन्दर्भमा राजनीतिक पदमा बसेका व्यक्तिहरूले आम मानिसको मन जित्न नसकेको अवस्था छ । यस्तो अवस्थामा मुख्यमन्त्रीबाट यी प्रकारका अभिव्यक्ति आउनु ठिक होइनजस्तो मलाई लाग्छ ।’

त्यसबाहेक विद्यार्थीलाई पढ्नुभन्दा नपढ्न बेस रहेको भन्दै मुख्यमन्त्री कार्कीले उक्साएको तिम्सिनाको आँकलन छ ।

पढेरभन्दा नपढेरै जीवनमा प्रगति गर्न सकिन्छ भन्ने आशय कार्कीको अभिव्यक्तिमा रहेको तिम्सिनाको ठम्याइ छ ।

उनले भने, ‘सबै मान्छे खरदार बन्न सक्दैनन्, सबै मान्छे मुख्यमन्त्री पनि बन्न सक्दैनन् ।’

‘हामीले सुन्दा जे सुनेका छौं, उहाँकाे बोलीको त्यो आशय होइन होला !,’ तिम्सिनाले थपे, ‘शब्द चयन गलत भयो होला । तर, विद्यार्थीलाई निरुत्साहित गर्नेखालको उहाँको अभिव्यक्ति आयो । बोल्न खोजेको कुराचाहिँ किताबी ज्ञानमा सीमित हुनुहुँदैन भन्ने थियो कि !’

नागरिकको अभिभावक भएको हिसाबले मुख्यमन्त्रीले अहिलेको युवा पुस्तालाई मेहनति बन्न प्रेरणा दिनुपर्ने बताउँदै तिम्सिनाले भने, ‘विद्यार्थी सहभागी रहेको कार्यक्रममा उहाँले सीपमुलक शिक्षा आर्जन गर्ने प्रेरणा दिनुपर्ने हो । जीवनपयोगी सिप कसरी सिक्न सकिन्छ भन्नेबारे ज्ञान दिनुपर्ने हो । तर, उहाँकाे शब्द चयन गलत भएको हो कि जस्तै लाग्यो ।’

देशमा गुणस्तरीय शिक्षा नभएको भनेर ब्यापक गुनासा आइरहेको र विद्यार्थी उच्च शिक्षाको नाममा विदेश पलायन भइरहेको अवस्था छ ।

यस्तो अवस्थामा मुख्यमन्त्रीले गुणस्तरीय शिक्षा लिएर विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्नसक्ने बन्नुपर्छ भन्ने सन्देश दिनुपर्ने तिम्सिनाको सुझाव छ ।

यसैगरी, नेपाल प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले मान्छे लुटेर, मारपिट र काटाकाट गरेर मन्त्री भएको हुँ । मेरो फर्स्ट ब्वाई हवल्दार छ, मलाई सेल्युट गर्छ भनेर पनि गर्व गर्ने दिन आए । कठैबरा लाजनीति ।’

प्रकाशित समय: बुधबार २४ माघ, २०८०, १९:५३:५१

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०