विश्व फुटबलमा नेपाललाई चनाउँदै साम्बा, भइन् फ्रान्सको शीर्ष क्बलमा अनुबन्ध

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १९ माघ, २०८०
३ वर्षअघि

विराटनगर । नेपाली राष्ट्रिय महिला टोलीकी चर्चित फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सको शीर्ष डिभिजनको लिग खेल्ने पक्का भएको छ ।

२६ वर्षीया साम्बाले फ्रान्सको माथिल्लो डिभिजनको क्लब अन आभान्ट ग्वेङगाम्पबाट खेल्ने निश्चित भएको हो ।

सावित्रा बिहीबार सो क्लबसँग औपचारिक रूपमा अनुबन्ध भएकी हुन् ।

फ्रान्सेली क्लबसँग खेल्ने यसै साताको सुरुमा उनी फ्रान्सतर्फ गएकी थिइन् ।

क्लबले अनुबन्धपछि सावित्राको भिडियो क्लिप पनि सार्वजनिक गरेको छ ।

युरोपेली महिला फुटबलमा फ्रान्सको लिग माथिल्लो स्तरको मानिन्छ ।

अहिले ग्वेङगाम्प लिग तालिकाको दसौं स्थानमा छ । क्लबले १२ खेलबाट आठ अंक जोडेको छ ।

यसअघि उनले इजरायलको हापोएल रानानाबाट खेलेकी थिइन् ।

यसै सिजन मात्र इजरायली क्लबबाट घरेलु लिग खेलेकी उनी युरोपको शीर्ष डिभिजन लिग खेल्ने पहिलो नेपाली खेलाडीसमेत हुन् ।

इजराइलमा खेल्दै गर्दा त्यहाँ भएको द्वन्द्वका कारण लिग रोकिएको थियो, जसका कारण उनी स्वदेश फर्किएकी थिइन् ।

यसअघि उनले इन्डियन्स वुमेन्स लिगमा सनसनी मच्चाएकी थिइन् । उनले २०२२-२३ को सिजनमा चार ह्याट्रिकसहित २९ गोल गरेर इतिहासमेत रचेकी थिइन् ।

त्यस्तै लिगमा ३ सिजन खेलेकी साम्बाको नाममा सबैभन्दा बढी गोल गर्ने रेकर्डसमेत छ ।

उनले इन्डियन वुमेन्स लिगमा ५९ गोल गरेकी छिन् । उनीपछि चार सिजन खेलेकी बाला देवीको नाममा ४८ गोल रहेको छ ।

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ४३ गोल गरिसकेकी साम्बा घरेलु फुटबलमा विभागीय टोली एपिएफबाट खेल्छिन् ।

प्रकाशित समय: शुक्रबार १९ माघ, २०८०, ०७:३७:४३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०