विराटनगर । नेपाली राष्ट्रिय महिला टोलीकी चर्चित फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सको शीर्ष डिभिजन लिग डी वान आर्केमा खेल्ने भएकी छन् ।
नेपाली महिला फुटबलकी गोल मेसिन मानिने साम्बालाई फ्रान्सेली क्लब एना भान गेङगाङ्पले भित्र्याउन आँटेको हो ।
गेडगाङ्पले सिजनको बाँकी खेलका लागि साम्बासँग सम्झौता गरेको हो ।
साम्बाले यसै वर्ष मात्र युरोपको शीर्ष डिभिजन लिग खेलेकी थिइन् ।
यसै सिजन मात्र इजरायली क्लब हापोयल रानानाबाट घरेलु लिग खेलेकी उनी युरोपको शीर्ष डिभिजन लिग खेल्ने पहिलो नेपाली खेलाडीसमेत हुन् ।
इजराइलमा खेल्दै गर्दा त्यहाँ भएको द्वन्द्वका कारण लिग रोकिएको थियो, जसका कारण उनी स्वदेश फर्किएकी थिइन् ।
अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ४३ गोल गरिसकेकी साम्बा घरेलु फुटबलमा विभागीय टोली एपिएफबाट खेल्छिन् ।