राष्ट्रियसभा निर्वाचन : कोशीमा हर्क र जयले गरेनन् मतदान

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ११ माघ, २०८०
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशको विराटनगरमा राष्ट्रियसभा सदस्य पदको मतदान सम्पन्न भएको छ ।

राष्ट्रियसभा सदस्यको दुई पदका लागि बिहीबार भएको निर्वाचनमा कुल ९९ प्रतिशत मत खसेको हो ।

कुल मतदाता ३६७ रहेको कोशी प्रदेशमा ३६४ मत खसेको छ । तीन जनाले भने मत खसालेनन् ।

झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह निलम्बनमा परेका कारणले मतदाता सूचीबाट उनको नाम हटाइएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीका अनुसार धरान उप–महानगरपालिका प्रमुख र ग्रामथान गाउँपालिका अध्यक्षले पनि बिहीबार भएको निर्वाचनमा मतदान गरेनन् ।

धरानका मेयर हर्क साम्पाङ राईले राष्ट्रियसभाको निर्वाचन नै बहिष्कार गरेकाले मत नखसालेको बताइएको छ ।

ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदार थारू भने सिकिस्त बिरामी भएका कारण मत खसाल्न आउन नसकेको बुझिएको छ ।

अध्यक्ष थारूमा मुटुसम्बन्धी समस्या देखिएको निर्वाचन कार्यालयले जनाएको छ । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

मतदान अवधि सकिएपछि बिहीबार नै मतगणना गर्ने तयारी भइरहेको बुढाथोकीले जानकारी दिए ।

सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन् ।

कोशीमा गठबन्धनसँग प्रतिस्पर्धा गर्न नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चुनावी तालमेल भएको छ ।

सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग नेकपा एमालेकी रुक्मिणी कोइराला भिड्दै छन् ।

प्रकाशित समय: बिहिबार ११ माघ, २०८०, १४:४७:१९
दीपक भट्ट र सुलभलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यालयमा भ्रष्टाचार आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर
बुधबार ९ ब‌ैशाख, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
बुधबार ९ ब‌ैशाख, २०८३
‘इभी’को भाडा नबढाउन यातायात व्यवस्था विभागको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
सुदन किरातीले प्रलोपाबाट दिए राजीनामा, ५ महिनाको यात्रा समाप्त
बुधबार ९ ब‌ैशाख, २०८३
प्रलोपाको साधारण सदस्य समेत नरहने सुदन किरातीको घोषणा
बुधबार ९ ब‌ैशाख, २०८३
फेरी घट्यो  सुन–चाँदी दुवैको मूल्य 
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
गगन थापा आज विराटनगरमा, कांग्रेसको रणनीति बैठकमा सम्बोधन गर्ने
बुधबार ९ ब‌ैशाख, २०८३
कूटनीतिक राहदानीसहितका विषयमा आज छलफल, सभामुखले बोलाए सचेतकहरूको बैठक
बुधबार ९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०