राजाको पदमाेह : शारीरिक अशक्त हुँदा पनि नर्वेका राजाले त्याग्न मानेनन् राजगद्दी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १० माघ, २०८०
४ महिनाअघि

एजेन्सी । नर्वेका राजा हेराल्ड भी शारीरिक रूपमा कमजोर छन् । आगामी फेब्रुअरी २१ मा उनी ८७ वर्ष पुग्छन् ।

उनी युरोपका सबैभन्दा बुढा राजा हुन् । ३३ वर्षयता उनी राजगद्दीमा छन् । प्रौड उमेरका हेराल्ड वैशाखीको सहारामा हिँडडुल गर्छन् ।

राजा हेराल्डको हालैका वर्षहरूमा मुटुको शल्यक्रिया गरिएको छ । श्वाससम्बन्धी समस्या तथा संक्रमणका कारण उनी अस्पतालमा उपचाररत छन् ।

आफ्नो बढ्दो स्वास्थ्य समस्या तथा बढ्दो उमेरले राजा हेराल्ड चिन्तित छन् । तर, यति हुँदाहुँदै पनि उनी राजगद्दीबाट हट्न तयार छैनन् ।

पद छाड्ने कुनै योजना नभएको उनले दोहोर्‍याउँदै आएका छन् ।

हालैमात्र डेनमार्ककी महारानी मार्गरेटले आश्चर्यजनक रूपमा पद छाड्ने निर्णय गरेकी थिइन् ।

नयाँ वर्ष २०२४ को पूर्वसन्ध्यामा ८३ वर्षीय रानी मार्गरेटले पद त्यागेपछि डेनमार्कले नयाँ राजा पाएको थियो ।

मार्गरेटले पद त्याग गरेपछि उनका जेठा छोरा फेडेरिक एक्स राजगद्दीमा बसेका थिए ।

बारम्बार कहिल्यै पद नछाड्ने कुरामा जोड दिँदै आएकी मार्गरेटले छोरा फे डरिकको पक्षमा पद त्याग्ने घोषणा गरेकी थिइन् ।

मार्गरेटले राजगद्दी त्यागेपछि टिप्पणीकारहरूप्रति इंगित गर्दै राजा हेराल्डले अझै पद नत्याग्ने बताएका हुन् ।

मंगलबार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा राजा हेराल्डले भनेका छन्, “मैले सधैँ भनेको कुरामा अडिग छु । मैले स्टोर्टिङ (संसद्) को सपथ लिएको छु र यो जीवनभरका लागि हो ।”

आफ्ना छोरा युवराज हाकनसँगै ओस्लोमा नर्वेली प्रेस सेन्टरको भ्रमणका क्रममा उनले उक्त टिप्पणी गरेका हुन् ।

प्रकाशित समय: बुधबार १० माघ, २०८०, ०६:०२:३४

सम्बन्धित खबर

कोशीको मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस

बिहिबार ३ जेठ, २०८१
३३ मिनेटअघि

विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा सिटीसफारीमा सवार दुई महिलासहित तीन जना घाइते

बिहिबार ३ जेठ, २०८१
९ घण्टाअघि

गिरी फाउन्डेसनले गर्‍यो विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण

बुधबार २ जेठ, २०८१
२२ घण्टाअघि

प्रहरीको सफलता : एकैदिन ६ सय ९० किलो गाँजा बरामद, चार जना पक्राउ

बुधबार २ जेठ, २०८१
२३ घण्टाअघि

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

बुधबार २ जेठ, २०८१
१ दिनअघि

मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने पक्का, जसपासँगै नेकपा एसले पनि मत दिने

सोमबार ३१ ब‌ैशाख, २०८१
३ दिनअघि
कोशीको मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस
बिहिबार ३ जेठ, २०८१
विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा सिटीसफारीमा सवार दुई महिलासहित तीन जना घाइते
बिहिबार ३ जेठ, २०८१
प्रतिलिटर सात रुपैयाँले घट्यो पेट्रोलको भाउ, डिजेर-मट्टीतेलको मूल्यमा पनि गिरावट
बिहिबार ३ जेठ, २०८१
नेपालको कप्तान
सन्दीपलाई विश्वकप खेल्ने टोलीमा समावेश गर्ने क्यानको तयारी
बिहिबार ३ जेठ, २०८१
गिरी फाउन्डेसनले गर्‍यो विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण
बुधबार २ जेठ, २०८१
प्रहरीको सफलता : एकैदिन ६ सय ९० किलो गाँजा बरामद, चार जना पक्राउ
बुधबार २ जेठ, २०८१
बलात्कार मुद्दामा सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने ढोका खुल्यो
बुधबार २ जेठ, २०८१
उमेरले १२ पुगेकी कञ्चनको आवाज र नृत्यमा ‘तेह्रथुमकी रानी’
बुधबार २ जेठ, २०८१
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो
बुधबार २ जेठ, २०८१
ठग्न पल्किएकी अञ्जली, जो बालबालिकालाई फकाएर अश्लील क्रियाकलापमा संलग्न गराउँथिन्
मङ्गलबार १ जेठ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०