अस्पताल पुरानै, नाम परिवर्तन गरेर उद्घाटन

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ८ माघ, २०८०
४ महिनाअघि

विराटनगर । कोसी प्रदेश सरकारले मोरङको विराटनगर महानगरपालिका–१४ मा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा ल्याएको छ ।

सोमबार मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसर पारेर सो अस्पतालको उद्घाटनसमेत गरिएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री कार्की र प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले शिलालेख अनावरण गर्दै संयुक्त रूपमा अस्पताल उद्घाटन गरेका हुन् ।

साविकको संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई रूपान्तरण गरी सरकारले एक सय शैय्याको हृदय रोग केन्द्र सञ्चालनमा ल्याएको हो ।

गम्भीर प्रकृतिका मुटुरोगका बिरामीको विशिष्टीकृत उपचारका लागि अस्पताल सञ्चालनमा ल्याइएको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

प्रदेशमा मुटुुरोगका दुई लाख बढी बिरामीहरू रहेको भन्दै उनीहरूको सफल उपचारका लागि उक्त अस्पताल सञ्चालनमा ल्याइएको कार्कीले बताए ।

‘हाम्रो प्रदेशमा दुई लाख मुटुका बिरामी छन्, उनीहरूको सफल उपचारका लागि यो अस्पतालको कल्पना गरिएको थियो,’ उनले भने ।

मुटुसम्बन्धी समस्या भएका बिरामी नआएसम्म अस्पतालबाट तत्काल सबै प्रकारका सेवा प्रदान गर्ने तयारी प्रदेश सरकारको छ ।

विशिष्टीकृत सेवा प्रवाहका लागि अस्पतालमा हाल दुई जना मुटुरोग विशेषज्ञ, एक जना फिजिसियन, एक जना एमडिजिपी र तीन जना मेडिकल अफिसरको टिम तयारी अवस्थामा छ ।

ती जनशक्तिमार्फत् हृदयरोग केन्द्रलाई सञ्चालन गर्ने तयारी गरिएको कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले बताइन् ।

गत मंसिर ९ गते आएको चालू आर्थिक वर्षको प्रतिस्थापन बजेटमा सरकारले अस्पतालका लागि साढे पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

जसमा आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि चार करोड ५० लाख रुपैयाँ आपूर्ति व्यवस्थापन केन्द्रलाई पठाउने निर्णय प्रदेश सरकारले गरिसकेको छ ।

बाँकी रहेको एक करोडमध्ये ५० लाख चिकित्सक तथा कर्मचारीको तलब र ५० लाख अस्पतालकै स्तरोन्नतिमा खर्च गर्ने तयारी सरकारको छ ।

शल्यक्रिया र क्याथ ल्याबसहित पूर्ण क्षमतामा अस्पताल सञ्चालन गर्न अझै करिब ६ महिना समय लाग्ने कोसी प्रदेश सरकारले जनाएको छ ।

अस्पताललाई रिसर्च सेन्टरको रूपमा समेत प्रयोग गर्ने तयारी सरकारको छ ।

गरिबका छोराछोरीलाई पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढाएर शैलजा आचार्य हृदयरोग केन्द्रमा रोजगारीको वातावरण मिलाउने प्रतिबद्धतासमेत सरकारले व्यक्त गरेको छ ।

नाम फेर्दै उद्घाटन

विराटनगर–१४ मलायारोडस्थित नेसनल ट्रेडिङ लिमिटेडको पुरानो गोदाम घरमा सञ्चालित अस्पतालको नाम तीनपटक फेरिइसक्यो ।

२०७६ सालमा ‘कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र’ नाम दिएर उक्त अस्पताल सञ्चालनमा ल्याइएको थियो ।

कोरोना भाइरस संक्रमितको उपचारका लागि तत्कालीन प्रदेश १ सरकारले ५० शय्याको अस्पताल सञ्चालन गर्न थालेको थियो ।

कोरोना महामारीका बेला करोडौं रकम खर्च गरेर सञ्चालनमा ल्याइएको उक्त अस्पतालमा दुई हजार तीन सय ४२ जना कोभिड संक्रमितले उपचार गराएका थिए ।

कोरोनाका बिरामीहरू आउन छोडेपछि त्यसलाई संक्रामक रोग तथा सघन उपचार केन्द्र बनाइएको थियो ।

२०७९ असोज ५ गतेदेखि सरकारले उक्त अस्पताललाई संक्रामक रोग तथा सघन केन्द्र बनाएर ओपिडीसमेत सञ्चालनमा ल्याएको थियो ।

प्रदेश सरकारले अस्पताल भवन निर्माण र स्वास्थ्य उपकरण खरिद गरी दुई अर्बभन्दा बढी खर्चेएिर उक्त अस्पताल बनाएको थियो ।

तर, वैकल्पिक रूपमा प्रयोग नहुँदा प्रयोगविहीन अवस्थामा पुगेका थिए भने त्यहाँ कार्यरत जनशक्ति पनि फुर्सदिला बनेका थिए ।

सघन उपचार केन्द्रको १८ भेन्टिलेटरसहित २१ शय्याको आइसियु र ४७ वटा एचडियु प्रयोगविहीन बनेपछि प्रदेश सरकारले त्यसैलाई हृदयरोग केन्द्र बनाएको हो ।

प्रकाशित समय: सोमबार ८ माघ, २०८०, १८:०६:०९

सम्बन्धित खबर

मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने पक्का, जसपासँगै नेकपा एसले पनि मत दिने

सोमबार ३१ ब‌ैशाख, २०८१
२ दिनअघि

आज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने, नेकपा एसले विपक्षमा मतदान गर्ने

सोमबार ३१ ब‌ैशाख, २०८१
२ दिनअघि

पथरीमा रुखमा ठोक्कियो मोटरसाइकल : श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर

सोमबार ३१ ब‌ैशाख, २०८१
२ दिनअघि

बालेनको माग : गिरीबन्धु टी–स्टेट प्रकरणमा तत्कालीन ओली नेतृत्वको सरकारलाई कारबाही गर्नुपर्छ

आईतबार ३० ब‌ैशाख, २०८१
२ दिनअघि

वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लागेका रवि ओडले गरे आत्मसमर्पण

आईतबार ३० ब‌ैशाख, २०८१
३ दिनअघि

कुम्भमेलामा एक हजार ६ सय स्काउटद्वारा सेवा प्रदान

शनिवार २९ ब‌ैशाख, २०८१
४ दिनअघि
ठग्न पल्किएकी अञ्जली, जो बालबालिकालाई फकाएर अश्लील क्रियाकलापमा संलग्न गराउँथिन्
मङ्गलबार १ जेठ, २०८१
यस्तो छ विश्वकपमा नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली
मङ्गलबार १ जेठ, २०८१
मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
सोमबार ३१ ब‌ैशाख, २०८१
मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने पक्का, जसपासँगै नेकपा एसले पनि मत दिने
सोमबार ३१ ब‌ैशाख, २०८१
पिएसजीले लगातार तेस्रो पटक जित्यो फ्रेन्च लिग वानको उपाधि
सोमबार ३१ ब‌ैशाख, २०८१
आज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने, नेकपा एसले विपक्षमा मतदान गर्ने
सोमबार ३१ ब‌ैशाख, २०८१
पथरीमा रुखमा ठोक्कियो मोटरसाइकल : श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर
सोमबार ३१ ब‌ैशाख, २०८१
नेयमार आबद्ध अल हिलालले जित्यो साउदी प्रो-लिगको उपाधि
आईतबार ३० ब‌ैशाख, २०८१
बालेनको माग : गिरीबन्धु टी–स्टेट प्रकरणमा तत्कालीन ओली नेतृत्वको सरकारलाई कारबाही गर्नुपर्छ
आईतबार ३० ब‌ैशाख, २०८१
वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लागेका रवि ओडले गरे आत्मसमर्पण
आईतबार ३० ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०