कोरोना ब्युँतिने त्रासमा नेपाल, कोसी प्रदेशमा के छ तयारी ?

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २० पुस, २०८०
३ वर्षअघि

विराटनगर । छिमेकी मुलुकहरूमा कोरोना भाइरस को नयाँ सब भेरियन्टको संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

नयाँ सब भेरियन्ट जे एन-१ को संक्रमण बढिरहेकाले नेपालमा पनि भित्रिन सक्ने भन्दै मन्त्रालयले भिडभाडमा मास्कको प्रयोग गर्न भौतिक दूरी कायम राख्न, हातको सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।

हालसम्म नेपालमा कोरोनाको नयाँ सब भेरियन्टको पुष्टि भइसकेको त छैन ।

तथापि, मन्त्रालयले मुलुकमा संक्रमण भित्रिन नदिन विभिन्न नाका, प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू तथा सम्पूर्ण सरोकारवालाहरूमार्फत आवश्यक निगरानी थालेको छ ।

साथै, उसले देशमा त्यसको संक्रमण फैलिहालेमा मन्त्रालय कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको दाबी गरेको छ ।

यसै कुरालाई दृष्टिगत गर्दै मोरङ प्रशासनले पनि सीमा-नाकामा परीक्षणको कामलाई निरन्तरता दिएको छ ।

मोरङको ठुलो नाका रानी-जोगवनीबाट आवातजावत गर्नेहरूलाई परीक्षण गर्दा हालसम्म नयाँ सब भेरियन्ट पुष्टि नभएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

त्यस्तो प्रकृतिका बिरामी फेला परेमा क्वारेन्टाइन र स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको उनकाे भनाइ छ ।

‘हिजो भर्खरै स्वास्थ्य मन्त्रालयमार्फत् सब भेरियन्टको जानकारी पाएका थियौं,’ उनले भने, ‘त्यहीअनुसार मैले स्वास्थ्यकर्मीसँग छलफल गरेको छु । अब, बैठक बसेर बृहत् रूपमा छलफल गर्छौं ।’

प्रजिअ भट्टराईले मोरङ कोभिड व्यवस्थापन समितिको सोमबार बस्नेगरी तयारी भइरहेको पनि जनाए ।

यता, कोसी प्रदेशको स्वास्थ्य मन्त्रालयले कोभिडको नयाँ भेरियन्ट देशमा पुष्टि नभइसकेका कारण तयारीमा नरहेको जनाएको छ ।

तथापि, स्वास्थ्य जनशक्ति र स्वास्थ्य उपकरण भने हरबखत तयारी अवस्थामा रहेको मन्त्रालयकी सचिव सुधा देवकोटाको दाबी छ ।

‘नेपालमा सब भेरियन्टको पुष्टि भइसकेको अवस्था छैन, यसैले यसको तयारीबारे अहिले नै सोचिसकेका छैनौं,’ उनले भनिन्, ‘तर, जनशक्ति, उपकरण र कोभिड अस्पताल भने तयारी नै रहेका कारण आत्तिहाल्ने स्थिति छैन ।’

विराटनगर महानगरपालिकाले भने छिमेकी देशहरूमा कोरोनाको नयाँ भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गरेर महानगर तयारी अवस्थामा रहेको जनाएको छ ।

उसले रानी हेल्थ डेस्क, रानी अस्पताल, बैजनाथपुर अस्पताल र आधारभूत स्वास्थ्य केन्द्रहरूमा स्क्रिनिङ तथा निगरानीको काम हुन थालेको जनाएको छ ।

प्रकाशित समय: शुक्रबार २० पुस, २०८०, ०७:२०:५०

सम्बन्धित खबर

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
३ घण्टाअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०