मुख्यमन्त्रीसमक्ष पहिचान पक्षधरको आग्रह : एकलगोत्रीय नाम खारेज गरौं

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १६ पुस, २०८०
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशको नाम परिवर्तनकोे माग गर्दै पहिचान पक्षधरले मुख्यमन्त्री केदार कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् ।

एकल गोत्रीय नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेशको नाम राख्नुपर्ने मागसहित पहिचानवादीले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार प्रदेश नं. १ नामाङ्कन संयुक्त संघर्ष समितिले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै उनीहरूले यसअघिका मुख्यमन्त्रीहरू शेरधन राई, भीम आचार्य, राजेन्द्रकुमार राई, हिक्मतकुमार कार्की र उद्धव थापालगायतले पहिचान पक्षधरको माग सम्बोधन नगरेको गुनासो गरे ।

दस्तावेजसहितको पहिचानको मुद्दालाई नजरअन्दाज गरेकै कारण प्रदेशमा आन्दोलन र विद्रोहको वातावरण निमार्ण भएको उनीहरूले बताए ।

उनीहरूले प्रदेशसभा नियमावली संशोधन गरी हटाइएको नामसम्बन्धी प्रावधान पुनः थप गरी पहिचानको आधारमा नामकरणको प्रक्रिया अघि बढाइदिन मुख्यमन्त्री कार्कीलाई आग्रहसमेत गरे ।

किराँत राई यायोख्याका उप–महासचिव अर्जुन जम्नेली राईले प्रदेशको नाम राख्दा प्रदेशसभाको प्रत्यक्ष प्रसारण काटेर पत्रकारहरूलाई बाहिर निकालेर राखिएको गुनासो पोखे ।

प्रदेशको नाम छापामार शैलीमा एकलौटी ढङ्गबाट राखिएको हुनाले त्यो स्वीकार्य नरहेको उनको भनाइ छ ।

पहिचान पक्षधरको मुद्दालाई नसुुनेर कोशी नामको पक्षमा मतदान गर्ने प्रदेशका ८२ जना सांसदलाई सोही कारणले विभिन्न कार्यक्रम तथा आफ्नो निर्वाचन क्षेत्रमा समेत निषेध गरिँदै आईएको पहिचान पक्षधरले स्पष्ट पारे ।

ज्ञापनपत्र बुझाउँदै उनीहरुले गएको पौष २ गते झापाको बुद्धशान्ति संयुक्त संघर्ष समितिका संयोजक बुलेट किराँतीलाई प्रहरीले झुटा मुद्दामा पक्राउ गरी राखेको बिषयप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।

उनीहरूले इलामको पशुपतिनगर प्रहरीको हिरासतमा रहेका किराँतीलाई तत्काल रिहाई गर्नुपर्ने माग समेत गरे ।

पहिचान पक्षधरको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले भने प्रदेश नामकरणको बिषय छलफलका माध्यमबाट टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरे ।

तत्कालिन एमाले नेतृत्वको सरकारले दुईतिहाई बहुमतको समर्थनका साथ २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो ।

नामको पक्षमा भने नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपासहितले समर्थन गरेका थिए ।

प्रकाशित समय: सोमबार १६ पुस, २०८०, १८:५०:४०
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०