मेस्सी बार्सिलोना फर्कन असम्भव

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ चैत, २०७८
४ वर्षअघि
बार्सिलोना फर्कन असम्भव

अर्जेन्टिनी स्टार लियोनल मेस्सी पूर्व क्लब बार्सिलोना फर्कन असम्भव रहेको फुटबल क्लब बार्सिलोनाका अध्यक्ष जोआन लार्पोटाले बताएका छन् ।

स्पेनिस क्लब बार्सिलोनासँग बसाइँ दुःखद अन्त्य गर्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको मेस्सीको पूनरागमनको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष लार्पोटाले यस्तो बताएका हुन् ।

स्पेनिस क्याटालन रेडियो आरएसी वानसँगको अन्तर्वार्ताको क्रममा बोल्दै बार्सिलोनाका अध्यक्ष लार्पोटाले मेस्सी बार्सिलोना फर्कन असम्भवन रहेको र यसबारे क्लबमा कुनै पनि प्रकारको छलफल सुरू नभएको खुलाएका छन् ।

‘सञ्चारमाध्यममा मेस्सी बार्सिलोना फर्कन सक्ने र त्यसका लागि उसले र उसका एजेन्टले क्लबसँग सम्पर्क गरिरहेको खबर सार्वजनिक भइरहेको छ’ अध्यक्ष लार्पोटाले आरएसी वानसँग भनेका छन्, ‘यी सबै गलत हुन् । न मैले मेस्सीबाट कुनै समाचार पाएको छु न उनका एजेन्हरुले सम्भावित ट्रान्सफरबारे मसँग छलफल गरेका छन् ।’

बार्सिलोनाले मेस्सीलाई फर्काउनेबारे कुनै योजना नबनाएको र क्लबका भावि योजनामा मेस्सी नरहेको लार्पोटाले स्पष्ट पारेका छन् ।

सन् २००० मा बार्सिलोनाको युथ एकेडेमी हुँदै बार्सिलोनाको जर्सिमा फुटबल खेल्न थालेका मेस्सीले नमिठो तरिकाले २१ वर्षपछि क्लब छाड्नु परेको थियो ।

आर्थिक सङ्कटमा परेको कारण देखाउँदै क्लबले मेस्सीको सम्झौता नवीकरण गर्न नसक्दा क्लविहीन बनेका मेस्सी पूर्व समकक्षी नेयर रहेको क्लब पिएसजी पुगेका छन् ।

तर फ्रान्सेली लिग वानमा अपेक्षित प्रदर्शन गर्न नसकेका मेस्सी आफ्नो दरिलो फर्म फर्काउन मेहनत गरिरहेका छन् ।

लिग वान, च्याम्पियन्स लिग र कोपा डी फ्रान्स गरी पिएसजीको जर्सिमा २६ खेल खेलिसकेका मेस्सीले सात गोल मात्र गरेका छन् ।

पिएजीको जर्सिमा तीन सय सात मिनेट बिताइसकेका मेस्सीले ११ असिस्ट गरेका छन् ।

मेस्सीका सात मध्येका पाँच गोल च्याम्पियन्स लिगमा भएको छ भने लिगमा उनको नाममा दुई गोल मात्र रहेको छ ।

मेस्सीको पिएसजीमा आगमन भएसँगै नेयमार र किलियन एमबाप्पेसँगको ट्रायोले थुप्रै सफलता हात पार्ने अपेक्षा गरिएको थियो । तर उनीहरुको प्रदर्शनमा अझै तालमेल हुन सकिरहेको छैन ।

एमबाप्पे यस सिजन अन्त्यसँगै नयाँ क्लबमा जान सक्ने र नेयमारले पनि क्लब छाड्ने चर्चा चलिरहँदा मेस्सीको भविष्य के हुने भन्ने थप अन्योल छाएको छ ।

बार्सिलोनाका अध्यक्षले मेस्सीका लागि क्लबमा ठाउँ नहुने भनिरहँदा अब आउँदा सिजन मेस्सी पिएसजीमा रहलान् वा उनलाई नयाँ जर्सिमा देख्न पाइने हो ? यो प्रश्नको जवाफ मेस्सी र समयबाहेक कसैले पनि दिन सक्दैन ।

प्रकाशित समय: बुधबार १६ चैत, २०७८, ०९:४७:२०

सम्बन्धित खबर

मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा

बिहिबार ४ असार, २०८३
४ घण्टाअघि

रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता

बिहिबार ४ असार, २०८३
५ घण्टाअघि

जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?

बिहिबार ४ असार, २०८३
५ घण्टाअघि

ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने

बिहिबार ४ असार, २०८३
५ घण्टाअघि

इंग्ल्यान्डको आक्रामक खेल, क्रोएसियाविरुद्ध निकाल्यो सानदार रोमाञ्चक जित

बिहिबार ४ असार, २०८३
८ घण्टाअघि

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगलको बराबरी, कंगोले बनायो रेकर्डधारी अंक

बिहिबार ४ असार, २०८३
८ घण्टाअघि
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
बिहिबार ४ असार, २०८३
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
बिहिबार ४ असार, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलाको २ लाख ९७ हजार २०० रुपैयाँ
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०