च्याम्पियन्स लिग : एथ्लेटिकोसँग पराजित युनाइटेड बाहिरियो, चलेन रोनाल्डोको जादू

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ चैत, २०७८
४ वर्षअघि
च्याम्पियन्स लिग

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको प्रि-क्‍वाटरफाइनलमा पराजित हुन पुगेको छ ।

मङ्गलबार राति घरेलु मैदान ओल्ड ट्राफोल्डमा युनाइटेड स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँगको दोस्रो लेगमा १-० गोलले पराजित भएको हो ।

Advertisement

एथ्लेटिकोको मैदान वान्डा मेट्रोपोलिटानोमा भएको पहिलो लेग १-१ गोलको बराबरीमा खेलेको युनाइटेड समग्रमा २-१ गोलको हार व्यहोर्दै च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ ।

खेलको पहिलो हाफको ४१औं मिनेटमा ब्राजिलियन डिफेन्डर रेनान लोडीले एन्टोनी ग्रिजमनको क्रसलाई हेडरमार्फत एक मात्र निर्णायक गोल गरेका थिए ।

युनाइटेडले बल पोजिसनमा अधिकांश समय पकड जमाएपनि गोल गर्न भने सकेन ।

एथ्लेटिकोविरुद्ध पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले खेल अवधिभरि खेले पनि कुनै जादू देखाउन सकेनन् ।

युनाइटेडका स्ट्राइकर रोनाल्डोको एथ्लेटिकोविरुद्ध तथ्याङ्क उत्कृष्ट छ ।

रोनाल्डोले एथ्लेटिकोविरुद्ध ३७ खेल खेल्दा ३० गोलमा योगदान दिएका छन् ।

उनले एथ्लेटिकोविरुद्ध २५ गोल र पाँच असिस्ट गरेका छन् ।

रोनाल्डो सम्मेलित टोलीले एथ्लेटिकोलाई १६ पटक हराएको छ भने १० पटक बराबरी खेलेको छ ।

यस्तै, नौ खेलमा भने रोनाल्डोको टिमले हार बेहोरेको छ ।

अनि रोनाल्डो सम्मेलित रियलले सन् २०१४ र २०१६ गरी दुई पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेर एथ्लेटिकोलाई हराउँदै उपाधि जितेको छ ।

सन् २०१० मा ला लिगाअन्तर्गत रियल मड्रिडले एथ्लेटिकोलाई २–० गोलले हराउँदा रोनाल्डोले पहिलो पटक एथ्लेटिकोविरुद्ध खेलेका थिए ।

त्यसयता उनले एथ्लेटिकोको पोस्टमा चार पटक ह्याट्रिक गोल गरिसकेका छन् ।

यसैले पनि प्रशिक्षक राल्फ राङ्गनिकले उनलाई प्लेइङ सेटमै राखेका थिए ।

३७ वर्षीय रोनाल्डोले अघिल्लो खेलमा पनि ह्याट्रिक गर्दै सनसनी मच्चाएका कारण प्रशिक्षक उनको प्रदर्शनबाट लोभिएका थिए ।

रोनाल्डोको ह्याट्रिक गोलको सहायतामा इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनह्याम हटस्परमाथि जित दर्ता गरेको थियो ।

शनिबार राति घरेलु मैदानमा युनाइटेडले टोटनह्यामलाई ३–२ गोलले हराएको हो ।

त्यसैगरी आजै सम्पन्न अर्को खेलमा पोर्चुगिज क्लब बेनफिकाले अजाक्सामाथि जित निकाल्दै च्याम्पियन्स लिगको क्‍वाटर फाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेग २-२ गोलको बराबरी खेलेको बेनफिकाले आजको दोस्रो लेगमा अजाक्सलाई १-० गोलले पराजित गर्दै समग्रमा ३-२ गोलले अन्तिम आठमा आफ्नो स्थान पक्का बनाएको हो ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा

सोमबार २२ असार, २०८३
१ दिनअघि

आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

आईतबार २१ असार, २०८३
२ दिनअघि

इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने

आईतबार २१ असार, २०८३
२ दिनअघि

विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धा को सँग ?

शनिवार २० असार, २०८३
३ दिनअघि

रोनाल्डो र रामोसको गोलमा पोर्चुगल अन्तिम १६ मा, अब स्पेनसँग भिड्ने

शुक्रबार १९ असार, २०८३
४ दिनअघि

एम्बाप्पेको कीर्तिमानी दुई गोलमा फ्रान्सको जित, प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग भिड्ने

बुधबार १७ असार, २०८३
६ दिनअघि
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा देवेन्द्र खत्री नियुक्त
मङ्गलबार २३ असार, २०८३
संखुवासभा र पाँचथरमा ओढार र खोल्सामा कसले लुकायो भरुवा बन्दुक?
मङ्गलबार २३ असार, २०८३
गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०