युरोपियन शीर्ष पाँच लिगमा आइतबार राति के-के भयो ?

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३० फाल्गुण, २०७८
४ वर्षअघि
युरोपियन शीर्ष

बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनामाथि सानदार जित निकालेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४–० गोलले हरायो ।

जितसँगै बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

पहिलो हाफमा तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा एक गोल थपेको थियो ।

बार्सिलोनाको फराकिलो जितमा फेरान टोरेसले १४औँ र २१औँ मिनेटमा दुई गोल गरे ।

पिएरे इमरिक औबामियाङले २७औँ र रिकी पुचले ७५औँ मिनेटमा एक एक गोल गरे ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाले २७ खेलबाट ५१ अंक बनाएको छ ।

चौथो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको पनि ५१ अंक छ ।

पराजित ओसासुना ३५ अंकसहित ११औँ स्थानमा छ ।

शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ६३ र दोस्रो स्थानमा रहेको सेभियाको ५६ अंक छ ।

सेभिया रायो भालेकानोसँग १–१ गोलको बराबरीमा रोकियो ।

अन्य खेलमा रियल सोसिडाडले अलाभेस तथा रियल बेटिसले एथलेटिक बिल्बाओलाई समान १–० गोलले हराएको छ ।

पिएसजीको जित

स्टार खेलाडीद्वय केलियन एमबाप्पे र नेयमार चम्किएपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रेलिगेसनमा रहेको बोर्डेअक्समाथि सानदार जित निकालेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले बोर्डेअक्सलाई ३–० गोलले हरायो ।

पीएसजीको जितमा एमबाप्पे र नेयमारसँगै अर्को गोल लियान्द्रो ड्यानियल पेरेडेसले गरे ।

एम्बाप्पेले २४औँ, नेयमारले ५२औँ र पारेडेसले ६१औँ मिनेटमा गोल गरेका थिए ।

जितसँगै पीएसजीले शीर्षस्थानमा १५ अंकको अग्रता लिएको छ । पीएसजीको २८ खेलबाट ६५ अंक पुगेको छ ।

दोस्रो स्थानमा रहेको मार्सेली र तेस्रो स्थानमा रहेको निसको समान ५० अंक छ ।

समान खेलबाटै मार्से र निसको ५० अंक छ । पराजित बोर्डेअक्स २२ अंक सहित अन्तिममा छ ।

आइतबार रातिनै भएको खेलमा मार्सेलीले ब्रेस्टलाई ४–१ गोलले पराजित गरेको थियो ।

चेल्सी र आर्सनललाई सफलता

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले सफलता हात पारेका छन् ।

आइतबार राति भएको खेलमा चेल्सीले न्युक्यासल युनाइटेडलाई १-० गोलले हरायो ।

अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई २-० गोलले स्तब्ध बनायो ।

घरेलु मैदानमा चेल्सीलाई जिताउन काई हाभर्टजले ८९औँ मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीले २८ खेलबाट ५९ अंक बनाएको छ ।

पराजित न्युक्यासल ३१ अंक सहित १४औँ स्थानमा छ । यस्तै आर्सनललाई जिताउन थोम पार्टीले ११औँ र अलेक्सान्द्रे लाकाजेट्टीले ५९औँ मिनेटमा गोल गरे ।

जितसँगै आर्सनल चौथो स्थानमा उक्लिएको छ ।

आर्सनलको २६ खेलबाट ५१ अंक छ ।

पराजित लेस्टर ३३ अंक सहित १२औँ स्थानमा छ ।

शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ६९ र दोस्रो स्थानमा रहेको लिभरपुलको ६६ अङ्क छ ।

इन्टर बराबरीमा रोकियो

इटालियन सिरी ‘ए’ मा साविक विजेता इन्टर मिलान बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा इन्टर टोरिनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

टोरिनोको मैदानमा भएको खेलको अन्तिम समयमा गोल गर्दै इन्टरले बराबरी खेलेको हो ।

खेलको इन्ज्युरी समयमा एलेक्सिस सान्जेजले गोल गर्दै इन्टरलाई बराबरीमा फर्काएका हुन् ।

त्यसअघि खेलको १२औँ मिनेटमा ग्लेसन ब्रेमरले गोल गर्दै टोरिनोलाई अग्रता दिलाएका थिए ।

बराबरीसँगै इन्टरलाई उपाधि होडमा धक्का लागेको छ । साथै, उसले दोस्रो स्थानमा उक्लिने मौका गुमायो ।

तेस्रो स्थानको इन्टरले २८ खेलमा ५९ अङ्क जोडेको छ । टोरिनो भने ३५ अङ्कका साथ ११औँ स्थानमा छ ।

डर्टमण्डको साँघुरो जित

जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले साँघुरो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा डर्टमण्डले अर्मिनियालाई १-० गोल अन्तरले हराएको हो ।

डर्टमण्डको जितमा मारिउस उल्फले निर्णायक गोल गरे ।

उनले खेलको २१ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै डर्टमण्डले २५ खेलमा ५३ अंक जोडेको छ ।

डर्टमण्ड दोस्रो स्थानमा रहेको छ ।

आर्मिनिया २५ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

यो पनि:

झापा गाेल्डकप फाइनलमा आयाेजक झापा–११ र आर्मी भिड्दै

प्रकाशित समय: सोमबार ३० फाल्गुण, २०७८, १०:३४:१९
राष्ट्रपति पौडेलद्वारा सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी
बिहिबार १७ ब‌ैशाख, २०८३
धरानमा ब्राउन सुगरसहित युवक पक्राउ
बिहिबार १७ ब‌ैशाख, २०८३
भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा
बिहिबार १७ ब‌ैशाख, २०८३
सरकारलाई विपक्षी दलले गराए यी विषयमा ध्यानाकर्षण
बिहिबार १७ ब‌ैशाख, २०८३
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा
बिहिबार १७ ब‌ैशाख, २०८३
उत्खनन रिपोर्टिङमा खटिएका पत्रकारमाथि धम्की, एफएनजेद्वारा कडा आपत्ति
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिविका पदाधिकारीले राजीनामा दिने
बिहिबार १७ ब‌ैशाख, २०८३
विद्यार्थी संगठन खारेजी निर्णयमा विपक्षीको आपत्ति, तत्काल फिर्ता लिन माग
बिहिबार १७ ब‌ैशाख, २०८३
‘संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ’ – प्रचण्ड
बिहिबार १७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०