स्थानीय तहकाे निर्वाचन मिति सार्वजनिक, वैशाख ३० मा देशैभर एकै चरणमा चुनाव हुने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २४ माघ, २०७८
५ वर्षअघि
स्थानीय तहकाे निर्वाचनका लागि बैठक

मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पत्रकार सम्मेलनमा निर्वाचन मितिबारे जानकारी दिए ।

आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनकाे मितिबारे निर्णय गरेको हो ।

‘निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ,’ सञ्चारकर्मीलाई जानकारी दिँदै मन्त्री कार्कीले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग निर्वाचनका लागि निर्वाचन आयोगको तयारी र अवस्थाबारे सोधेका थिए ।

आयोगबाट सकारात्मक नतिजा आएपछि मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेको हो ।

नेपालको संविधानले पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख गरेको छ ।

साथै, संविधानले जनप्रतिनिधिबिना स्थानीय तहको परिकल्पना गरेको छैन ।

स्थानीय तह निर्वाचन ऐन अनुसार वर्तमान स्थानीय जनप्रतिनिधिको कार्यकाल २०७९ जेठ ५ गते सकिँदैछ ।

त्यसैले देउवा नेतृत्वकाे सरकारलाई निर्वाचनकाे उपर्युक्त मिति सार्वजनिक गर्न चर्काे दबाब परिरहेकाे थियाे ।

यसअघि प्रस्तावित निर्वाचनको मिति (जेठ १८ गते) मा निर्वाचन भए स्थानीय तह केही दिनका लागि जनप्रतिनिधिविहीन हुने हुँदा वर्तमान सरकार झनै समस्यामा परिरहेकाे थियाे ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहकाे निर्वाचनका लागि मिति ताेक्न ताकेता गरिरहेकाे बेला संविधानको व्यवस्थालाई मध्यनजर गर्दै सरकारले निर्वाचन आयोगसँग छलफल गरी निर्वाचनको नयाँ मिति घोषणा गरेको छ ।

प्रकाशित समय: सोमबार २४ माघ, २०७८, १९:२२:४३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०