यी हुन् प्रदेश १ का १२ मन्त्रालय

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ माघ, २०७८
५ वर्षअघि

सत्ता गठबन्धनको  प्रदेश १ सरकारले दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरेको छ । 

पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले चार मन्त्रालय विभाजन गरी मन्त्रालयको सङ्ख्या १२ बनाएको हो ।

Advertisement

मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा यसअघि प्रदेश सरकारले बनाएको कार्यदलको प्रतिवेदनअनुसार प्रदेश १ मा मन्त्रालय विभाजन गरिएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय विभाजन गरेको हो ।

प्रदेशमा इन्द्रबहादुर आङ्बोले नेतृत्व गरेको आर्थिक मामिला तथा योजना मन्त्रालय र केदार कार्कीले नेतृत्व गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय भने विभाजन गरिएन ।

जयराम यादवले नेतृत्व गरेको मन्त्रालय दुईवटा बनाउँदा हिमाल कार्कीले नेतृत्व गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तीनवटा बनाइएको छ ।

प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय फुटाएर सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय बनाएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर तीनवटा मन्त्रालय बनाएको छ । उद्योग, श्रम तथा रोजगार मन्त्रालय, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालय बनाएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन गरी सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय बनाएको हो ।

भूमि व्यवस्था, कषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपक्षी विकास मन्त्रालय बनाएको छ ।

सोही मन्त्रालयमा रहेको भूमि व्यवस्था सहकारी र भौतिक पूर्वाधार मन्त्रालय मातहतको यातायातलाई जोडेर भूमि, सहकारी तथा यातायात मन्त्रालय बनाएको छ ।

मन्त्रालय विभाजन गरेपनि प्रदेश सरकारले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।

मन्त्रालय विवरण :
१, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२, आर्थिक मामिला तथा योजना मन्त्रालय
३, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय
५, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
६, सामाजिक विकास मन्त्रालय
७, स्वास्थ्य मन्त्रालय
८, उद्योग, श्रम तथा रोजगार मन्त्रालय
९, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय
१०, संस्कृति तथा पर्यटन मन्त्रालय
११, कृषि तथा पशुपक्षी विकास मन्त्रालय
१२, भूमि व्यवस्था, सहकारी तथा यातायात मन्त्रालय

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०