ग्यास्ट्रिक भएको कसरी थाहा पाउने ?

ग्यास्ट्राइटिस

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ माघ, २०७८
४ वर्षअघि
ग्यास्ट्रिक

पेटमा एसिडको मात्रा बढी हुन गएमा ग्यास्ट्रिक हुन्छ ।

दुब्लाउनका लागि गरिएको डाइटिङ, धर्मकर्मको नाममा राखिएको ब्रत, चिल्लो तथा पिरो खाने गर्नाले ग्यास्ट्रिक हुन्छ ।

त्यसबाहेक अव्यवस्थित समयमा खाने, घरमा बनेको भन्दा बाहिरको जङ्क फुडहरू धेरै खाने कारण ग्यास्ट्रिक हुन्छ ।

खानपान तथा खाने समयमा ध्यान नदिने, शारीरिक श्रम कम गर्ने, अस्वस्थ जीवनशैली, अल्छिपना नै ग्यास्ट्रिकको मुख्य कारण बनेको हुन्छ ।

ग्यास्ट्रिक भएकाहरूलाई सामान्यत पेट दुख्ने, पेट तथा छाती पोल्ने गरेको देखिन्छ ।

ग्यास्ट्रिक बढ्दै गएमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ आउने, भोक हराउने, खाना नपच्ने, वान्तामा रगत देखिने हुन्छ ।

यस्तै, कालो दिसा आउने, तौल कम हुने, छाती र पेटको बीचको भाग पोल्ने, दुख्ने, अम्लपित बढ्ने हुन्छ ।

यसैगरी, ग्यास्ट्रिक बढेमा मुख बिग्रिने, पेट भारी हुने, वायु बढ्ने आदि लक्षण देखा पर्न थाल्छ ।

ग्यास्ट्रिकलाई मानिसले सामान्य तरिकाले लिने गर्छन् ।

तर यसले स्वास्थ्यमा दीर्घकालीन रूपले असर पुर्‍याइरहेको हुन्छ ।

ग्यास्ट्रिकबाट बच्नका लागि खानपान, खाने समय र ब्यायाममा विशेष ध्यान पुर्‍याउनु पर्छ ।

दैनिक हरियो सागसब्जी, मौसमअनुसारको फलफूल र नरम फाइबर भएको खानेकुरा प्रशस्त मात्रामा सेवन गर्नाले ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।

सकभर पेटलाई खाली राख्न हुँदैन ।

पेटलाई खाली नराखी हरेक दुई-तीन घण्टामा केही न केही स्वस्थ खानेकुरा खाइराख्नु पर्छ ।

दैनिक पानी पनि प्रशस्त मात्रामा पिउने गर्नु पर्छ ।

बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउने बानीले ग्यास्ट्रिक हुने सम्भावना कम गर्न सक्छ ।

उठ्नेबित्तिकै जुसको सेवन गर्दा पेटमा ग्यास भरिन सक्ने हुनाले जुसभन्दा पनि पानी पिउने बानी बसाल्नु पर्छ ।

बरु, कागती पानीको सेवन गर्न सकिन्छ ।

यसले ग्यास्ट्रिक हटाउनुका साथै तौल नियन्त्रण गर्न पनि सहयोग गर्ने गर्छ ।

ग्यास्ट्रिकबाट बच्नका लागि बढी चिल्लो, अमिलो र पिरो खानेकुराको त्याग गर्नु पर्छ ।

जङ्कफुड त्याग्नु ग्यास्ट्रिकका लागि मात्र नभएर अन्य स्वास्थ्य समस्याको लागि पनि राम्रो हुन्छ ।

यस्ता खाद्य पदार्थको नियमित प्रयोगले पाचन प्रक्रियामा समस्या सिर्जना हुन गइ ग्यास्ट्रिक बढेर जान्छ ।

व्यस्तता, मानसिक तनाव, भय, चिन्ता, शोक, अनिद्राले पनि ग्यास्ट्रिक बढाउन सक्ने हुनाले यस्तो कुरामा सचेत रहनु आवश्यक देखिन्छ ।

ग्यास्ट्रिकले सताएको छ भने चिया–कफी, धूम्रपान, मध्यपान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन ।

दुखाइ कम गर्ने, प्रेसर कम गर्ने र बाथरोगको औषधिबाट समेत ग्यास्ट्रिक हुने सम्भावना हुन्छ ।

यसैले डाक्टरको सल्लाहबिना कुनै पनि प्रकारको औषधिको सेवन गर्नु हुँदैन ।

प्रकाशित समय: शनिवार १५ माघ, २०७८, १२:३५:३९

सम्बन्धित खबर

विराट गोल्डकप : रातारात होटलबाट खेलाडीलाई खेदाएपछि आयोजकले पायो दलालको संज्ञा

आईतबार ६ ब‌ैशाख, २०८३
४६ minutes

अचाक्ली बढ्यो केराको भाउ

आईतबार ६ ब‌ैशाख, २०८३
२ घण्टाअघि

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी: अमेरिकाविरुद्ध नेपालको पहिलो खेल आज

शनिवार ५ ब‌ैशाख, २०८३
१ दिनअघि

श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी

शुक्रबार ४ ब‌ैशाख, २०८३
२ दिनअघि

कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान

शुक्रबार ४ ब‌ैशाख, २०८३
२ दिनअघि

त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी

शुक्रबार ४ ब‌ैशाख, २०८३
२ दिनअघि
विराट गोल्डकप : रातारात होटलबाट खेलाडीलाई खेदाएपछि आयोजकले पायो दलालको संज्ञा
आईतबार ६ ब‌ैशाख, २०८३
विष्णुमति किनारमा पेस्तोल र गोली फेला, जेनजी आन्दोलनसँग सम्बन्धको आशंका
आईतबार ६ ब‌ैशाख, २०८३
अचाक्ली बढ्यो केराको भाउ
आईतबार ६ ब‌ैशाख, २०८३
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी: अमेरिकाविरुद्ध नेपालको पहिलो खेल आज
शनिवार ५ ब‌ैशाख, २०८३
कांग्रेस आधिकारिकता विवादमा बहस सकियो, आजै फैसला आउने सम्भावना
शुक्रबार ४ ब‌ैशाख, २०८३
श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी
शुक्रबार ४ ब‌ैशाख, २०८३
कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान
शुक्रबार ४ ब‌ैशाख, २०८३
त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी
शुक्रबार ४ ब‌ैशाख, २०८३
ट्रेड युनियन खारेज निर्णय कार्यान्वयन भएन, संगठनहरू उल्टै माग लिएर मन्त्रालय पुगे
शुक्रबार ४ ब‌ैशाख, २०८३
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०