‘माछा कान्ड’ : सिडिओले गल्ती स्वीकारेपछि समस्या समाधान

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ पुस, २०७८
५ वर्षअघि

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ लचिलो बनेसँगै माछा व्यावसायीसँग भएको विवाद समाधान भएको छ ।

बिहीबार भरतपुर महानगर प्रमुख रेणु दाहाल, प्रमुख प्रशासकीय अधिकृत, मत्स्य व्यावसायी सङ्घका केन्द्री अध्यक्ष, जिल्ला अध्यक्षलगायतको बैठकले सहमति गरेर विवाद समाधान गरेको हो ।

सिडिओले गल्ती स्वीकारेसँगै समस्या समाधान भएको हो । सिडिओले गल्ती स्वीकार गरी आत्मालोचना गरेपछि सिडिओ तामाङ र मत्स्य व्यावसायीबीच ६ बुँदे सहमति भएको छ ।

नेपाल मत्स्य व्यावसायी सङ्घ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले सङ्घ, जिल्ला प्रशासन र महानगरबीच आपसी समन्वय, समझदारी तथा सहकार्य गरी अघि बढ्ने निर्णय भएको बताउँदै विवाद निरूपण भएको जानकारी दिए ।

पुस १८ गते पत्नीले पाँच केजी तीन सय ग्राम माछा महँगोमा किनेको भन्दै सिडिओले भरतपुर रिजाल चोकस्थित चितवन फिस हाउस पुगेर माछा व्यावसायीलाई गाली गलौच गरेको आरोप लाग्दै आएको थियो ।

७ गते पोखरीबाट जलकपुर माछालाई दुई सय ४० रुपैयाँमा माछा किनेकी सिडिओकी पत्नीले १८ गते दिउँसो तीन सय रुपैयाँमा किन्नुपरेपछि सिडिओले आफू ठगिएको भन्दै मुद्दा चलाउने बताउँदै आएका थिए ।

पाँच वर्ष सिडिओ बनेको तर पहिलो पटक विवादमा परेको भन्दै उनले बैठकमा स्वदेशी उत्पादन प्रवर्द्धधन गर्न तयार रहेको जनाउँदै विवाद अगाडि बढाउन नचाहेको बताएको व्यावसायीको भनाइ छ ।

दुई घण्टा भएको छलफलमा भरतपुर मेयर दाहाल, सिडिओ तामाङ, नेपाल मत्स्य व्यावसायी सङ्घका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारी, जिल्ला अध्यक्ष सुवेदी, उपाध्यक्ष लुलाराज तामाङ, जिल्ला सचिव नेत्र आले, सङ्घका महानगर सल्लाहकार नारायण शर्मा विपीन, महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी सहभागी थिए ।

प्रकाशित समय: बिहिबार २२ पुस, २०७८, १९:४१:०७

सम्बन्धित खबर

भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक

बिहिबार ८ असोज, २०८३
१७ घण्टाअघि

लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने

बिहिबार ८ असोज, २०८३
१७ घण्टाअघि

कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

बिहिबार ८ असोज, २०८३
१८ घण्टाअघि

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित

बिहिबार ८ असोज, २०८३
१८ घण्टाअघि

पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम

बिहिबार ८ असोज, २०८३
२१ घण्टाअघि

रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार

बिहिबार ८ असोज, २०८३
२३ घण्टाअघि
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने
बिहिबार ८ असोज, २०८३
एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित
बिहिबार ८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक
बिहिबार ८ असोज, २०८३
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित
बिहिबार ८ असोज, २०८३
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार
बिहिबार ८ असोज, २०८३
कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा
बिहिबार ८ असोज, २०८३
भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द
बिहिबार ८ असोज, २०८३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०