चेल्सीमा असन्तुष्ट लुकाकु, पुनः इन्टर फर्किने सङ्केत

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ पुस, २०७८
४ वर्षअघि

प्रशिक्षक थोमस टुचेलको खेलाडी छनोट प्रकृयासँग असन्तुष्ट बनेका चेल्सीका बेल्जियन फरवार्ड रोमेलु लुकाकुले आफू इन्टर मिलान फर्कन चाहेको बताएका छन् ।

स्काई स्पोट्र्स इटालीसँगको कुराकानीमा लुकाकुले यस्तो बताएका हुन् । इटालियन च्याम्पियन इन्टरबाट लुकाकु यसै सिजन इङ्गिलस क्लब चेल्सी आएका थिए । तर चेल्सीमा अनुबन्ध भएको केही महिना नबित्दै उनी स्ट्यामफोर्ड ब्रिजमा निराश बनेका हुन् ।

एक सय १५ मिलियन युरोमा चेल्सी पुगेका लुकाकु पछिल्लो समय कोरोना र चोटबाट पीडित बनेका थिए । तर त्यसअघि निकै फर्ममा देखिएका लुकाकु हाल पूर्ण रुपमा फिट भइसकेका छन् ।

कोरोना र चोटबाट पूर्ण रूपमा निको भएका लुकाकुले पछिल्ला दुुई खेलमा दुई गोल समेत गरिसकेका छन् । व्यक्तिगत रूपमा राम्रै प्रदर्शन गरे पनि चेल्सीका प्रशिक्षक थोमस टुचेलको ‘फर्मेसन’बाट उनी खासै सन्तुष्ट छैनन् ।

‘खेलका लागि टुचेलको खेलाडी छनोट र फर्मेसन प्रणाली फरक छ र म यसै विषयमा खुशी छैन’ स्काई स्पोट्र्स इटालीसँग लुकाकुले भनेका छन्, ‘शारीरिक रुपमा म ठिक भए पनि क्लबको अवस्थाले सन्तुष्ट छैन ।’

व्यवसायीक खेललाई निरन्तरता दिनु नै आफ्नो अन्तिम विकल्प रहेको बताएका लुकाकुले घुमाउरो भाषामा यहीँ विन्टर ट्रान्सफर विन्डोमा इन्टर फर्कन चाहेको बताएका छन् ।

‘अचनाक इन्टरबाट बिदा भएकोमा म समर्थकसँग माफी माग्न चाहन्छु, इन्टर मेरो हृदयमा छ’ लुकाकुले भनेका छन्, ‘म मेरो करिअरकाे अन्त्यतिर होइन उत्कृष्ट स्तरमा रहँदा नै इन्टर फर्कन चाहन्छु ।’

चेल्सीको जर्सीमा १८ खेल खेल्दै सात गोल र दुई असिस्ट दिएका लुकाकुले ९५ खेल खेल्दा ६४ गोल र १८ असिस्ट गरेका थिए ।

प्रकाशित समय: शुक्रबार १६ पुस, २०७८, २२:१८:३६
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०