विराटनगर । भोटेकोशी बाढीमा परेर पाँच हजार २८५ जना सम्पर्कविहीन भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ भने उपचारका क्रममा दुई जनाको मत्यु भएको छ।
हालसम्म १३ हजार ७९५ जनाको उद्धार भएको छ। तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना गरी एक हजार ११३ जना २१ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्।
यसैगरी,२ हजार ६० जनाको डिएनए नमूना संकलन भएको छ।