दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २५ असार, २०८३
२ महिनाअघि

विराटनगर- लोपोन्मुख बन्दै गएको नेपाली मौलिक सांस्कृतिक पञ्चे बाजाको संरक्षण, सीप विकास तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले दुहबी नगरपालिकामा पञ्चे बाजा बजाउने तालिम सम्पन्न भएको छ।

पहुँच सुनसरीको आयोजनामा सम्पन्न भएको कार्यक्रममा सहभागीहरूले नरसिंहा, दमाहा, सानाइ, झ्याली र ट्याम्कोलगायत पञ्चे बाजाका विभिन्न वाद्ययन्त्र बजाउने आधारभूतदेखि व्यावसायिक सीप सिकेका छन्। साथै, विभिन्न सांस्कृतिक तथा धार्मिक अवसरअनुसार बजाइने धुन, समूहगत समन्वय, ताल-लय मिलाउने विधि र प्रस्तुति कलाबारे पनि व्यावहारिक अभ्यास गराइएको आयोजकले जनाएको छ।

दुहबी नगरपालिकाको सभाहलमा आयोजित समापन कार्यक्रममा नगरपालिकाकी उपमेयर मेनुका खतिवडाले तालिम सफलतापूर्वक पूरा गरेका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै यस्ता कार्यक्रमले लोपोन्मुख बन्दै गएको पञ्चे बाजाको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताइन्।

उनले पञ्चे बाजा नेपाली समाजको मौलिक पहिचान, सभ्यता र सांस्कृतिक गौरवको प्रतीक भएको उल्लेख गर्दै आधुनिकताको प्रभावका कारण ओझेलमा पर्दै गएको यस अमूल्य सम्पदालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सीपमूलक तालिम आवश्यक रहेको धारणा राखिन्।

‘पञ्चे बाजा केवल मनोरञ्जनको साधन होइन, यो हाम्रो संस्कार, संस्कृति र पहिचानसँग जोडिएको जीवित सम्पदा हो,’ उपमेयर खतिवडाले भनिन्, ‘विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठान, जात्रा तथा अन्य शुभकार्यमा यसको विशेष महत्व रहँदै आएको छ। यसलाई जोगाउनु भनेको हाम्रो मौलिक संस्कृतिको संरक्षण गर्नु हो।’

उनले तालिमबाट प्राप्त सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्दै सहभागीहरूले विवाह, सांस्कृतिक कार्यक्रम तथा विभिन्न सामाजिक अवसरमा पञ्चे बाजा बजाएर आम्दानीको स्रोत सिर्जना गर्न सक्ने विश्वास व्यक्त गरिन्। स्थानीय तहले युवालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि उनले जनाइन्।

नेपालमा सयौँ वर्षदेखि विवाह, शुभकार्य, धार्मिक उत्सव र मन्दिरका विशेष अवसरमा प्रयोग हुँदै आएको पञ्चे बाजा पछिल्ला वर्षहरूमा आधुनिक बाजा र डिजिटल संगीतको बढ्दो प्रभावका कारण क्रमशः लोपोन्मुख बन्दै गएको छ। यद्यपि यसको सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व भने अझै उत्तिकै रहेको जानकारहरू बताउँछन्।

आयोजकका अनुसार तालिमले ‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने सन्देशलाई व्यवहारमा उतार्दै परम्परागत कला र संस्कृतिको संरक्षणसँगै युवाका लागि रोजगारी र आर्थिक सशक्तीकरणको नयाँ सम्भावना सिर्जना गर्ने विश्वास लिइएको छ।

प्रकाशित समय: बिहिबार २५ असार, २०८३, ११:३६:१३

सम्बन्धित खबर

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
१३ घण्टाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ दिनअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
२ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ दिनअघि

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

मङ्गलबार २३ भदौ, २०८३
३ दिनअघि

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मङ्गलबार २३ भदौ, २०८३
३ दिनअघि
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०