विपक्षको छानबिन मागलाई अर्थमन्त्रीको अस्वीकार

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २७ जेठ, २०८३
३ महिनाअघि

विराटनगर ।आर्थिक विधेयकमा कर दर हेरफेर र दस्तावेज परिवर्तन भएको विवाद चुलिँदै जाँदा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसदीय छानबिनको मागलाई अस्वीकार गर्दै विपक्षी दलहरूलाई संयमित हुन आग्रह गरेका छन्।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा मन्त्री वाग्लेले छानबिन समिति गठनलाई हल्का रूपमा प्रयोग गर्न नहुने टिप्पणी गरे। उनले जथाभावी संसदीय छानबिन किन ? संसद त्यति सस्तो होइन भन्दै आलोचना गरे।

विपक्षी दलहरूले आर्थिक विधेयकमा कर दर हेरफेर र सूचना चुहावट भएको आरोप लगाउँदै संसदीय छानबिन समिति गठन तथा अर्थमन्त्रीको राजीनामा माग गरिरहेका छन्।

बैठकमा वाग्लेले छानबिनको आवश्यकता गम्भीर प्रमाण र कानुनी आधारमा मात्र हुनुपर्ने बताउँदै दैनिक सामान्य गतिविधि देखाएर छानबिनको आधार नबन्ने तर्क प्रस्तुत गरे।

विवादको केन्द्रमा संसदमा पेस गरिएको आर्थिक विधेयक र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको संस्करणबीचको फरक रहेको छ। पृष्ठ संख्या फरक हुनुका साथै करसम्बन्धी केही प्रावधान पनि बदलिएको देखिएपछि प्रश्न उठेको हो।

संसद विज्ञहरूका अनुसार संसदमा पेस भइसकेको विधेयकमा कुनै पनि संशोधन गर्नुपरेमा संसद्को औपचारिक स्वीकृति आवश्यक हुन्छ। बिना स्वीकृति मन्त्रालयले आफैं परिवर्तन गर्न कानुनी आधार नहुने तर्क गरिएको छ।

यस प्रकरणमा नेकपा ९एमाले० ले संसदीय छानबिन समिति गठनको माग गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र श्रम संस्कृति पार्टीले अर्थमन्त्रीको राजीनामा माग गरेका छन्।

विवादले सरकार र विपक्षबीच राजनीतिक तनाव बढाएको छ भने आर्थिक विधेयकको पारदर्शिता र प्रक्रिया सम्बन्धी प्रश्नहरू अझै अनुत्तरित छन्।

प्रकाशित समय: बुधबार २७ जेठ, २०८३, १३:५२:३३

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

बिहिबार १ असोज, २०८३
५ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०