भारतसँगको सम्बन्ध विश्वासमा आधारित हुनुपर्छ, सीमा विवाद अनन्तकालसम्म लम्ब्याउन हुँदैन : रवि लामिछाने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १९ जेठ, २०८३
२ महिनाअघि

काठमाडौं । भारत भ्रमणमा रहेका रवि लामिछानेले नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण निर्माणलाई सबैभन्दा महत्वपूर्ण आधार भएको बताएका छन्। उनले सीमा विवादजस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुने धारणा व्यक्त गरेका छन्।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा मंगलबार प्रकाशित लेखमा लामिछानेले उग्र राष्ट्रवादी भावनालाई चुनावी स्वार्थका लागि प्रयोग गर्ने पुरानो राजनीतिक प्रवृत्तिको आलोचना गरेका छन्। उनले ऐतिहासिक तथ्य, प्रमाण र आपसी समझदारीका आधारमा विवाद समाधान गर्नुपर्ने बताएका छन्।

‘हामी विगतका कटुताको भारी बोकेर हिँडिरहेका छैनौं। हाम्रो एकमात्र एजेन्डा नेपालको आर्थिक रूपान्तरण हो,’ उनले लेखमा उल्लेख गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत भूराजनीतिक विवादबाट निकालेर विकास र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने धारणा राखेका छन्।

लेखमा उनले नेपालमा भएको राजनीतिक परिवर्तनलाई ‘मतपेटिकामार्फत आएको शान्तिपूर्ण क्रान्ति’ को संज्ञा दिएका छन्। साथै, रास्वपाको उदयलाई नेपालको नयाँ राजनीतिक यथार्थका रूपमा प्रस्तुत गर्दै पुराना राजनीतिक दलहरूले सिर्जना गरेको अविश्वास र असन्तुष्टिको विकल्प भएको दाबी गरेका छन्।

लामिछानेले नेपाल र भारत दुई छिमेकी मुलुक मात्र नभई साझा सभ्यता र सांस्कृतिक सम्बन्धले जोडिएका साझेदार भएको उल्लेख गरेका छन्। उनले जनकपुर र अयोध्या, पशुपतिनाथ मन्दिर र केदारनाथ मन्दिर तथा लुम्बिनी र बोधगयाबीचको सम्बन्ध साझा सभ्यताको आधार भएको बताएका छन्।

उनले रेलदेखि भारतीय प्राविधिक शिक्षण संस्थान (आईआईटी) र अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) जस्ता संस्थासम्मको सहकार्यका प्रस्ताव अघि सारेका छन्। १५० किलोमिटर लामो प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्ग निर्माण भए नेपाल–भारत व्यापार, पर्यटन र सम्पर्कमा क्रान्तिकारी परिवर्तन आउने उनको भनाइ छ।

साथै, पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेंगलुरुसम्म सिधा हवाई उडान सञ्चालन गर्नुपर्ने धारणा पनि उनले व्यक्त गरेका छन्।

लेखमा उनले भारतका प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य संस्थान भारतीय प्राविधिक शिक्षण संस्थान (आईआईटी) र अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) जस्ता संस्थाहरू नेपालमा स्थापना गर्न सहकार्य गर्न आह्वान गरेका छन्।

त्यस्तै, काठमाडौं–बेंगलुरु डिजिटल करिडोर, प्रविधि प्रयोगशाला, नवप्रवर्तन तथा उद्यम प्रवर्द्धन केन्द्र, वित्तीय प्रविधि र डिजिटल भुक्तानी प्रणालीमा सहकार्य विस्तार गर्न भारतलाई आग्रह गरेका छन्।

नेपालको जलविद्युत् सम्भावना भारतको औद्योगिक विकासका लागि स्वच्छ ऊर्जाको स्रोत बन्न सक्ने उल्लेख गर्दै उनले एकीकृत ऊर्जा बजार निर्माणमा जोड दिएका छन्। सीमामा रहेका प्रशासनिक अवरोध हटाएर आधुनिक डिजिटल एकीकृत जाँच चौकी निर्माण गर्नुपर्ने तथा जनकपुर, लुम्बिनी र बोधगयालाई जोड्ने धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट विकास गर्नुपर्ने प्रस्ताव पनि उनले राखेका छन्।

प्रकाशित समय: मङ्गलबार १९ जेठ, २०८३, ०९:३९:३९

सम्बन्धित खबर

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ घण्टाअघि

कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन

सोमबार ११ साउन, २०८३
५ घण्टाअघि

देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग

सोमबार ११ साउन, २०८३
७ घण्टाअघि

सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण

सोमबार ११ साउन, २०८३
११ घण्टाअघि

देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु

सोमबार ११ साउन, २०८३
१२ घण्टाअघि

कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते

सोमबार ११ साउन, २०८३
१६ घण्टाअघि
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०