स्थानीय निर्वाचनको तयारीमा एमाले : मोरङका १७ वटै पालिकामा शीर्ष नेताको ‘फिल्ड कमाण्ड’

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १९ जेठ, २०८३
४ महिनाअघि

मोरङ।आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले)ले मोरङका १७ वटै स्थानीय तहमा आफ्नो संगठनात्मक गतिविधि तीव्र बनाएको छ। पार्टीले ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत केन्द्रीयदेखि जिल्ला तहसम्मका प्रभावशाली नेताहरूलाई पालिका–पालिकामा खटाएर निर्वाचन केन्द्रित अभियान सुरु गरेको हो।

एमालेले जेठ १५ गते जारी गरेको अन्तरपार्टी निर्देशन–२ (अपानि–२) अनुसार संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार, कार्यकर्ता परिचालन तथा निर्वाचन तयारीलाई केन्द्रमा राखेर नेताहरूलाई विशेष जिम्मेवारी प्रदान गरेको जनाएको छ। पार्टीको रणनीति केवल संगठन विस्तारमा सीमित नभई पछिल्लो निर्वाचनपछि कमजोर बनेका क्षेत्रहरूमा जनाधार पुनः मजबुत बनाउनेतर्फ केन्द्रित रहेको देखिन्छ।

यस अभियानअन्तर्गत पर्शुराम बस्नेतलाई विराटनगर महानगरपालिकाको जिम्मेवारी दिइएको छ। एमालेको केन्द्रीय सदस्य तथा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका बस्नेतले महानगरमा केन्द्रीय प्रतिनिधिको भूमिकामा रहेर पार्टी गतिविधि सञ्चालन गर्नेछन्।

त्यस्तै जीवन घिमिरेलाई ग्रामथान गाउँपालिका, ऋषिकेश पोखरेललाई उर्लाबारी नगरपालिका, दिलिप अग्रवाललाई रंगेली नगरपालिका तथा शिल्पा निरौला कार्कीलाई कटहरी गाउँपालिकाको जिम्मेवारी प्रदान गरिएको छ।

पार्टीले सुनवर्षी नगरपालिकामा उद्धव पोखरेल, रतुवामाई नगरपालिकामा लालबाबु पण्डित, पथरीशनिश्चरे नगरपालिकामा गुरु बराल तथा लेटाङ नगरपालिकामा घनश्याम खतिवडालाई परिचालन गरेको छ।

यस्तै बेलबारीमा इरान राई, सुन्दरहरैँचामा नरेश पोखरेल, धनपालथानमा भूराज राई, जहदामा रामलाल साह, कानेपोखरीमा राजकुमारी इङ्नाम, बूढीगंगामा विनोद ढकाल, मिक्लाजुङमा डिल्ली अधिकारी तथा केराबारीमा राजकुमार ओझालाई जिम्मेवारी दिइएको छ।

एमाले स्रोतका अनुसार ‘मिसन पार्टी जागरण अभियान’ केवल नियमित संगठनात्मक कार्यक्रम नभई आगामी निर्वाचनको आधार तयार गर्ने रणनीतिक अभियान हो। पार्टीले गाउँदेखि महानगरसम्म संगठन पुनर्संरचना, निष्क्रिय कार्यकर्तालाई पुनः सक्रिय बनाउने, जनतासँग प्रत्यक्ष संवाद बढाउने तथा पार्टीप्रतिको विश्वास पुनर्स्थापित गर्ने लक्ष्य राखेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपानि–२ मार्फत कार्यकर्तालाई निराश नहुन, संगठनबाट पलायन नहुन तथा पार्टीप्रति प्रतिबद्ध भएर सक्रिय रूपमा लाग्न निर्देशन दिएका छन्। पछिल्लो निर्वाचन परिणामको समीक्षा गर्दै एमालेले अबको ध्यान संगठन बलियो बनाउने र जनाधार विस्तार गर्नेमा केन्द्रित गरेको जनाएको छ।

मोरङ एमालेका लागि राजनीतिक रूपमा महत्वपूर्ण जिल्ला मानिन्छ। त्यसैले आगामी स्थानीय तथा प्रदेशसभा निर्वाचनलाई ध्यानमा राख्दै पार्टीले अनुभवी नेताहरूलाई प्रत्यक्ष फिल्डमा खटाएर संगठनात्मक पुनर्जागरणको अभियानलाई तीव्रता दिएको राजनीतिक वृत्तमा चर्चा छ। एमालेको यो अभियानले आगामी निर्वाचनको तयारीलाई मात्र होइन, पार्टीभित्रको संगठनात्मक सक्रियतालाई समेत नयाँ गति दिने अपेक्षा गरिएको छ।

प्रकाशित समय: मङ्गलबार १९ जेठ, २०८३, १४:४८:४९

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
३ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

बिहिबार १ असोज, २०८३
६ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०