धनकुटाको चौबिसे गाउँपालिकामा नीति, कार्यक्रम तथा बजेट तर्जुमाबारे सार्वजनिक सुनुवाइ सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ६ जेठ, २०८३
५ महिनाअघि

धनकुटा ।धनकुटाको चौबिसे गाउँपालिकामा नीति, कार्यक्रम तथा बजेट तर्जुमासम्बन्धी तीनदिने छलफल तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। बुधबार(आज ) सम्पन्न कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दल, विभिन्न संघ–संस्था तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा कार्यपालिकाका पदाधिकारी, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, सहकारी संस्था, नागरिक समाज, स्थानीय सञ्चारकर्मी, टोल विकास समितिका संयोजक, साना सिंचाइ उपभोक्ता समितिका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका सरोकारवालाहरू सहभागी भएका थिए।

Advertisement

कार्यक्रमको पहिलो दिन ७५ जना, दोस्रो दिन ८१ जना र तेस्रो दिन ९६ जना गरी कुल २५२ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीमध्ये ४३ जनाले आफ्नो धारणा, सुझाव तथा जिज्ञासा राखेका थिए।

दोस्रो दिनको कार्यक्रममा सव डिभिजन वन कार्यालय डाँडाबजारका प्रमुख श्रीनारायण यादव, इलाका प्रशासन कार्यालय राजारानीका प्रमुख भोगेन्द्र श्रेष्ठ, इलाका प्रहरी कार्यालय राजारानीका प्रमुख इन्स्पेक्टर रामप्रसाद खनाल तथा नेपाल विद्युत प्राधिकरण राजारानी फ्युज वितरण केन्द्रका प्रमुख अनिस श्रेष्ठको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले चालु आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था, असल अभ्यास तथा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेटको प्रारूपबारे कार्यपत्र प्रस्तुत गरेका थिए।त्यस अवसरमा गाउँपालिका अध्यक्ष राजकुमार लिम्बु, उपाध्यक्ष टंकमाया पाङ्मी मगर तथा प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले गाउँपालिकाबाट प्रवाह हुने सेवालाई आगामी दिनमा अझ प्रभावकारी बनाइने बताएका थिए। उनीहरूले सार्वजनिक सुनुवाइबाट प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रममा समेटिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

यसैबीच गाउँपालिका अध्यक्ष राजकुमार लिम्बुले टोल–टोलमा आमभेला आयोजना गरी आगामी बजेट तर्जुमासम्बन्धी आवश्यक माग तथा सुझाव जेठ २१ गतेभित्र पेश गर्न सबै वडाध्यक्ष, वडा सदस्य, शाखा, विद्यालय तथा स्वास्थ्य संस्थालाई पत्राचार गरिएको जानकारी दिएका छन्। गाउँपालिकाले स्थानीय तहबाट प्राप्त सुझावलाई प्राथमिकताका साथ आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो

शनिवार २४ असोज, २०८३
११ घण्टाअघि

कांग्रेसको देउवा समूहमा मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत

शनिवार २४ असोज, २०८३
११ घण्टाअघि

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक पुनर्निर्माण गर्न एक अर्ब माग

शनिवार २४ असोज, २०८३
१२ घण्टाअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१२ घण्टाअघि

नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा

शनिवार २४ असोज, २०८३
१५ घण्टाअघि

कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने

शनिवार २४ असोज, २०८३
१६ घण्टाअघि
बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो
शनिवार २४ असोज, २०८३
कांग्रेसको देउवा समूहमा मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत
शनिवार २४ असोज, २०८३
बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक पुनर्निर्माण गर्न एक अर्ब माग
शनिवार २४ असोज, २०८३
७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग
शनिवार २४ असोज, २०८३
इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी
शनिवार २४ असोज, २०८३
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०