कोहलपुरका होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीलाई झुल वितरण

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० ब‌ैशाख, २०८३
४ महिनाअघि

बाँकेकोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ । अत्यधिक गर्मी र लामखुट्टेको समस्या बढ्दै गएपछि राहतस्वरूप झुल उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

कोहलपुर–११ स्थित क्रिकेट मैदान आसपासको अतिक्रमित क्षेत्र खाली गराइएपछि विस्थापित भएका परिवारलाई हाल नयाँ बसपार्कको टर्मिनल भवनमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा राखिएको छ । त्यहाँ बसोबास गरिरहेका परिवारलाई रातिको समयमा लामखुट्टेको टोकाइबाट जोगाउन नगरपालिकाले झुल वितरण गरेको हो ।

वीरबहादुर थापाका अनुसार होल्डिङ सेन्टरमा रहेका बालबालिका, महिला तथा ज्येष्ठ नागरिक लामखुट्टेको समस्याबाट बढी प्रभावित भएकाले तत्काल राहतस्वरूप झुल वितरण गरिएको हो ।

उनले मङ्गलबार मात्रै ६९ परिवारलाई झुल वितरण गरिएको जानकारी दिए । नगरपालिकाले वडा नम्बर २ देखि १४ सम्म विभिन्न स्थानमा १६ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । ती केन्द्रहरूमा अस्थायी आवास, खानेपानी तथा शौचालयको व्यवस्थासमेत गरिएको छ ।

कोहलपुर नगरपालिकाले विस्थापित परिवारको व्यवस्थापनसँगै वास्तविक भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनको काम अघि बढाएको जनाएको छ ।

नगरप्रमुख पूर्णप्रसाद आचार्यले वास्तविक सुकुमवासीको पहिचान गरी व्यवस्थित बसोबासको व्यवस्था गरिने बताए । उनले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने नीतिअनुसार नगरपालिका अघि बढिरहेको उल्लेख गरे ।

नगरपालिकाका अनुसार क्रिकेट मैदान आसपासको क्षेत्र खाली गराइएपछि अधिकांश परिवार विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन् भने केही परिवार आफन्त तथा भाडाका घरमा सरेका छन् । उक्त क्षेत्रमा रहेका १४८ घरटहरा शनिबार र आइतबार डोजर प्रयोग गरी हटाइएको थियो ।

प्रकाशित समय: बुधबार ३० ब‌ैशाख, २०८३, ०८:५०:४१

सम्बन्धित खबर

अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो

शुक्रबार १९ भदौ, २०८३
२ दिनअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ दिनअघि

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
३ दिनअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
५ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
५ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
५ दिनअघि
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०