अध्यादेश जनताको न्यायका लागि ल्याइएको हो : पराजुली

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ ब‌ैशाख, २०८३
५ महिनाअघि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुली ले सरकारले जनतालाई न्याय दिलाउने उद्देश्यले अध्यादेश ल्याएको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले जनहितका लागि जारी गरिएका आठवटा अध्यादेशमाथि विपक्षी दलले अनावश्यक विरोध गरिरहेको टिप्पणी गरे।

Advertisement

उनले विगत ३७ वर्षदेखि राज्यका संरचना र सेवा प्रवाह दलीयकरणका कारण कमजोर बनेको दाबी गर्दै पुराना दलहरूले कार्यकर्ता र बिचौलियामार्फत जनतालाई शोषण गरेको आरोप लगाए।

“आजको मुख्य विषय जनतालाई न्याय दिनु हो,” उनले भने, “विगतमा के–कस्ता काम भए भन्ने कुरा सदनलाई स्मरण गराइरहन आवश्यक छैन।”

नेता पराजुलीले वन ऐन र सार्वजनिक खरिद ऐनका केही प्रावधानका कारण विकास निर्माण प्रभावित भएको उल्लेख गर्दै ती कानुनमा सुधार गर्न अध्यादेश आवश्यक परेको बताए।

उनले अध्यादेश रोक्न राष्ट्रपतिसमक्ष ज्ञापनपत्र बुझाउने नेताहरूलाई प्रश्न गर्दै संविधानको कुन व्यवस्थाअनुसार यस्तो कदम चालिएको हो भन्ने जिज्ञासा राखे।

“लोकतन्त्रको वकालत गर्नेहरूले कुन नैतिक आधारमा सरकारको आलोचना गरिरहेका छन्, जनताले सबै नियालिरहेका छन्,” उनले भने।

अध्यादेशप्रति असहमति भए संसद्मा प्रतिस्थापन विधेयकमार्फत आफ्नो धारणा राख्न विपक्षी दललाई उनले आग्रह गरे।

सरकार गठन भएको सय दिन पनि नपुगेको उल्लेख गर्दै उनले भूमिहीन नागरिकमा आशा जगाउने प्रयास भइरहेको दाबी गरे। संसदीय अभ्यासमा नयाँ भएकाले काम गर्ने क्रममा केही कमजोरी हुनसक्ने भए पनि सरकार स्वच्छ नैतिकतासहित जनताको पक्षमा काम गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।

यसैबीच उनले पछिल्ला दिनमा न्यायालयलाई दूषित बनाउने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे। केही न्यायाधीशले आचारसंहिताविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै न्यायालयको गरिमा जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।

सीमावर्ती क्षेत्रमा आवतजावत व्यवस्थापन गर्ने सरकारी कदमको बचाउ गर्दै उनले यसले जनजीवन सहज बनाउन र आन्तरिक बजार सुदृढ गर्न सहयोग पुग्ने दाबी गरे।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने

सोमबार १२ असोज, २०८३
७ घण्टाअघि

चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग

सोमबार १२ असोज, २०८३
१२ घण्टाअघि

ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा

सोमबार १२ असोज, २०८३
१२ घण्टाअघि

फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?

सोमबार १२ असोज, २०८३
१४ घण्टाअघि

देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क

सोमबार १२ असोज, २०८३
१४ घण्टाअघि

चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

सोमबार १२ असोज, २०८३
१५ घण्टाअघि
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०