देउवा दम्पती भूमिगत, बालेन सरकार खोजेको खोज्यै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ ब‌ैशाख, २०८३
९ घण्टाअघि

सम्पत्ति छानबिनका लागि पक्राउ पूर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा भूमिगतजस्तै बनेका छन् । बालेन सरकारले देउवा र पूर्वमन्त्री समेत रहेकी राणाको सम्पत्तिका सम्बन्धमा छानबिन गरिरहँदा उनीहरू एक महिनादेखि सम्पर्कविहीन बनेका हुन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २५ चैतमा पक्राउ पुर्जी जारी गरेलगत्तै उनीहरू सम्पर्कविहीन बनेका छन् । इन्टरपोलको सहयोगमा भए पनि देउवा दम्पतीलाई स्वदेश झिकाउन प्रहरीले पहल गरिरहेको छ । उनीहरू भने हङकङमै लुकेर बसेको सूचना प्रहरीले पाएको छ । तर, ठ्याक्कै लोकेसनचाहिँ ट्र्याक हुन सकेको छैन । उनीहरूलाई समात्नका लागि नेपाल प्रहरीले विभिन्नखाले स्रोत परिचालन गरेको छ । हङकङ गएदेखि उनीहरू बाहिरिएको रेकर्ड भेटिएको छैन । हङकङको सरकारी संयन्त्रले देउवा दम्पती देशबाट बाहिर ननिस्किएको जनाएको छ ।

पक्राउ पुर्जी जारी गर्नुअघि नै हङकङ गएका उनीहरूविरुद्ध विभागले प्रहरीमार्फत रेड नोटिस जारी गर्न दुईपटक पत्राचार गरिसकेको थियो । देउवा गत १३ फागुनमै उपचारका लागि सिंगापुर उडेका थिए । आरजु त्यसको एक साताअघि नै भारत गएकामा उतैबाट सिंगापुर गएकी थिइन् । सिंगापुरबाट ७ चैतमा देउवा दम्पती हङकङ पुगेका थिए । त्यसयता देउवादम्पती आफूनिकट नेतासँग समेत सम्पर्कमा छैनन् ।

गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा उनीहरूको बुढानीलकण्ठस्थित निवासबाट प्रदर्शनकारीले पैसा फेला पारेको भिडियो सार्वजनिक गरेका थिए । निवाससँगै पैसा जलेको भिडियो पनि सार्वजनिक भएको थियो । देउवाले उक्त भिडियो ‘फेक हो, एआईले बनाएको’ भन्ने दाबी गरेका थिए । तर विभागले भने विस्तृत अनुसन्धान गरी सत्यतथ्य जाँच गरेर देउवाको घरमा भेटिएको पैसा र त्यससम्बन्धी सार्वजनिक भिडियो ‘फेक’ नभएको निष्कर्ष निकालेको थियो ।

तथापि, देउवाको नाममा भौतिक सम्पत्ति देखिएको छैन । तर, उनकी पत्नी राणा र छोरा जयवीरसिंह देउवाको नाममा भने मुलुकभर ११५ रोपनी आठ आना जग्गा रहेको देखिन्छ । जसमध्ये आरजुको नाममा ३९ रोपनी १५ आना र जयवीरको नाममा ७५ रोपनी नौ आना जग्गा छ । राणाको नाममा डडेलधुराको खलंगा, कैलालीको धनगढी, मकवानपुरको हेटौँडा र बर्दियाको ढोडरीमा जग्गा छ । त्यस्तै, जयवीरको नाममा काठमाडौंको बुढानीलकण्ठ, कास्कीको ढिकुरपोखरी, कञ्चनपुरको कृष्णपुर र बर्दियाको ढोडरीमा जग्गा छ । जयवीरको नाममा रहेको अधिकांश सम्पत्ति ०७४ देखि ०७८ मा नामसारी भएको देखिन्छ । तर, उनको आम्दानीको स्रोत भने देखिँदैन ।

राणा र जयवीरको नाममा रहेको केही सम्पत्ति पुर्ख्यौली स्रोतबाट नामसारी हुँदै आएको देखिन्छ । बाँकी जग्गाको भने बलियो स्रोत देखिँदैन । सोही आधारमा उनीहरूविरुद्ध अनुसन्धान भएको र पक्राउ पुर्जी जारी भएको हो । देउवादम्पती र छोरा जयवीरको बैंक खाता तथा उनीहरूको कारोबारका सम्बन्धमा पनि अनुसन्धान भइरहेको छ । तर, देउवाको बैंक खातामा ठुलो कारोबार खासै भएको देखिँदैन । तर, पत्नी राणा र छोरा जयवीरको खातामा भने अस्वाभाविक कारोबार भएको देखिएको छ ।

मुलुकमा प्रजातन्त्र पुनर्स्थापनापछि शेरबहादुर देउवा सातपटक सांसद, एकपटक गृहमन्त्री र पाँचपटक प्रधानमन्त्री भएका थिए । तर, विशेषगरी पत्नी आरजु राणा आर्थिक चलखेलमा संलग्न हुँदा देउवाको सबै कार्यकाल विवादित बन्यो । राजनीतिक नियुक्तिदेखि ठेक्का सम्झौतामा आरजुले देउवालाई प्रभावमा पार्ने गर्थिन् । हुँदा–हुँदा प्रहरीको सरुवा र बढुवामा समेत आरजुको हस्तक्षेप चल्थ्यो ।

१८ वैशाखमा ०७९ मा चौथो वरीयतामा रहेका तत्कालीन एआइजी धीरजप्रताप सिंहलाई आइजिपीमा नियुक्त गर्दा आरजुकै जोडबल चलेको थियो, जबकि उनीभन्दा एआइजी विश्वराज पोखरेल डेढ वर्ष सिनियर थिए । त्यसअघि चौथो वरीयतामै रहेका हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्तका रूपमा रहेका जयबहादुर चन्दलाई पनि जबर्जस्ती आइजिपी नियुक्त गरिएको थियो । तर, फुली लगाउन नपाउँदै अदालतले हस्तक्षेप गर्‍यो र उनको ठाउँमा दोस्रो वरीयताका अर्का डिआइजी प्रकाश अर्याललाई आइजिपी बनाइयो । यसमा पनि आरजुकै भूमिका थियो ।

तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको पालामा नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने सपना बाँडियो । त्यसबापत करोडौँ रुपैयाँ उठाइयो । घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गर्‍यो । दुईपटक गरिएको अनुसन्धानमा ३५ जनाविरुद्ध ३० करोड १९ लाख ६६ हजार ६०० रुपैयाँ बिगोसहित अदालतमा मुद्दा दर्ता भयो । घटनामा खाणसहित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सांसद आङटावा शेर्पालगायत उच्चपदस्थ पक्राउ परे । सोही घटनामा आरजु पनि संलग्न रहेको अडियो सार्वजनिक भयो । आरजुविरुद्ध प्रहरीमा जाहेरी पनि पर्‍यो । तर, अनुसन्धान प्रक्रिया अघि बढेन ।

बरु अनुसन्धानमा मुछिने डरले गर्दा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाएर आरजु पुनः सत्ता सञ्चालनका लागि कम्मर कसिन् । उनी परराष्ट्र मन्त्री बनिन् । पछि सुरक्षण मुद्रण केन्द्रदेखि पेमेन्ट गेट–वे र नेपाल टेलिकमको बिलिङ प्रणालीमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी पर्‍यो । घटनामा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललगायत संलग्न रहेको खुल्यो । त्यसबेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव थिए, डा. बैकुण्ठ अर्याल । पेमेन्ट गेट–वे र नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का सम्झौताका क्रममा सुनील र विकललाई ठेकेदार कम्पनीसँग उनैले सहजीकरण गरिदिएका थिए । जसका पछि थिइन् आरजु आरजु । आरजुकै दबाबपछि डा. अर्याललाई मुख्यसचिव नियुक्त गरिएको थियो ।

कैलालीको टीकापुर बजार क्षेत्र वरिपरिको सरकारी जग्गा टीकापुर विकास समितिको नाममा ल्याइयो । पछि सोही जग्गा राजनीतिक दलका नेता तथा कार्यकर्तालाई बाँडियो । यसका लागि नक्कली कागजात निर्माण गरिएका थिए । यसरी जग्गा लिनेमा आरजु पनि थिइन् । प्राप्त कागजात अुनसार उनले जग्गा प्राप्तिका लागि १३ वैशाख ०५४ मा निवेदन दिइएकी थिइन् । सोही निवेदनका आधारमा उनलाई १५ वैशाख ०५४ मा विकास समितिबाट ३ कट्ठा ७ धुर घडेरी दिइएको थियो ।

प्रकाशित समय: मङ्गलबार २९ ब‌ैशाख, २०८३, ०८:००:३५

सम्बन्धित खबर

सरकारको नीति तथा कार्यक्रम पूर्णरुपले खारेज हुनुपर्छ : सांसद् बादल

मङ्गलबार २९ ब‌ैशाख, २०८३
१८ minutes

अध्यादेश जनताको न्यायका लागि ल्याइएको हो : पराजुली

मङ्गलबार २९ ब‌ैशाख, २०८३
१९ minutes

‘प्रधानमन्त्रीले मर्यादापालन नगर्ने हो भने संसदकाे गरिमा रहँदैन’

मङ्गलबार २९ ब‌ैशाख, २०८३
१ घण्टाअघि

शारदा सेकेण्डरी बोर्डिङ स्कुलको उत्कृष्ट नतिजा, एसइईमा शतप्रतिशत सफलता 

मङ्गलबार २९ ब‌ैशाख, २०८३
३ घण्टाअघि

अभिभावक बन्नुपर्ने सरकार यमदूतको जस्तो रूप देखाइरहेको छ : सांसद् आङदेम्बे

मङ्गलबार २९ ब‌ैशाख, २०८३
३ घण्टाअघि

शिक्षा क्षेत्र सुधारका लागि मन्त्रालय प्रतिबद्ध छ : शिक्षामन्त्री पोखरेल

मङ्गलबार २९ ब‌ैशाख, २०८३
३ घण्टाअघि
सरकारको नीति तथा कार्यक्रम पूर्णरुपले खारेज हुनुपर्छ : सांसद् बादल
मङ्गलबार २९ ब‌ैशाख, २०८३
अध्यादेश जनताको न्यायका लागि ल्याइएको हो : पराजुली
मङ्गलबार २९ ब‌ैशाख, २०८३
तीन दिनको लगातार वृद्धि पछि नेप्सेमा गिरावट, परिसूचक ३९ अंकले घट्यो
मङ्गलबार २९ ब‌ैशाख, २०८३
‘प्रधानमन्त्रीले मर्यादापालन नगर्ने हो भने संसदकाे गरिमा रहँदैन’
मङ्गलबार २९ ब‌ैशाख, २०८३
शारदा सेकेण्डरी बोर्डिङ स्कुलको उत्कृष्ट नतिजा, एसइईमा शतप्रतिशत सफलता 
मङ्गलबार २९ ब‌ैशाख, २०८३
अभिभावक बन्नुपर्ने सरकार यमदूतको जस्तो रूप देखाइरहेको छ : सांसद् आङदेम्बे
मङ्गलबार २९ ब‌ैशाख, २०८३
शिक्षा क्षेत्र सुधारका लागि मन्त्रालय प्रतिबद्ध छ : शिक्षामन्त्री पोखरेल
मङ्गलबार २९ ब‌ैशाख, २०८३
नीति तथा कार्यक्रममा प्रधानमन्त्री बाहिरिएको विषयमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ
मङ्गलबार २९ ब‌ैशाख, २०८३
अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ
मङ्गलबार २९ ब‌ैशाख, २०८३
साढे एक किलो चाँदीसहित एक जना पक्राउ
मङ्गलबार २९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०