विराटनगर। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अग्रज नेताहरूलाई सँगसँगै यात्रामा लैजान चाहेको बताएका छन् ।
शनिबार धनगढीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेलामा उनले सुदूरपश्चिमका नेताहरू तथा जति पनि राजनीति गरिसक्नु भएका नेताहरूलाई सँगसँगै यात्रामा लैजान चाहेको बताएका हुन् ।
उनले भने,‘अरु साथीहरूको उमेर जति राजनीति गरिसक्नुभएका नेताहरूलाई पनि सँगसँगै हामी यात्रामा लिन जान चाहन्छौं,खासगरी सुदूरपश्चिमको भूगोलका साथीहरू ।’
उनले कांग्रेस नेतृत्वले कसैका प्रति पनि पूर्वाग्रह राख्न नहुनेमा जोड दिए ।