विराटनगर । इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको मृत्यु भएको छ । अप्रिल १ मा आक्रमणमा परी गम्भीर घाइते भएका खराजीको उपचारका क्रममा मृत्यु भएको हो ।
खराजीलाई इरानको सत्ता राजनीतिमा एक सुधारवादी नेताका रूपमा लिइन्थो । उनी ‘स्ट्रेटेजिक काउन्सिल अन फरेन रिलेसन्स’ का प्रमुख र दिवंगत सर्वोच्च नेता अली खामेनेईका सल्लाहकारका रूपमा पनि चिनिन्थे ।
उनले सन् १९९७ देखि २००५ सम्म इरानको विदेशमन्त्रीका रूपमा काम गरेका थिए ।