कांग्रेस महाधिवेशन विवाद रिटमा आज सर्वोच्च अदालतमा पेसी 

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २७ चैत, २०८२
६ महिनाअघि
काठमाडौं । नेपाली कांग्रेस भित्रको संस्थापनइतर समूहले १५ औं महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ।

१४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का पक्षले २५ चैतमा रिट दायर गरेका थिए। उक्त रिट कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा परेको छ।

रिटमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा को नेतृत्वमा भएको विशेष महाधिवेशन र त्यसबाट चयन गरिएको कार्यसमिति विधानविपरीत भएको दाबी गरिएको छ। साथै निर्वाचन आयोगले उक्त कार्यसमितिलाई आधिकारिकता दिएको निर्णयसमेत विवादित भएको उल्लेख गरिएको छ।

Advertisement

पार्टीको आधिकारिकता सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा एकपक्षीय रूपमा नयाँ महाधिवेशन कार्यतालिका अघि बढाइएको भन्दै रिटमा आपत्ति जनाइएको छ। विवाद टुंगो नलागेसम्म सम्पूर्ण प्रक्रिया रोक्न माग गरिएको छ।

निर्वाचन आयोगबाट मान्यता पाएको कार्यसमितिले असोज १६–१९ मा महाधिवेशन गर्ने तयारीसहित सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने योजना बनाएको छ। तर रिटमा भने वैशाख २८–३१ मै महाधिवेशन गर्नुपर्ने अघिल्लो निर्णय यथावत रहेको दाबी गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०