विराटनगर । नेकपा एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन् ।
मुगुको सोरु गाउँपालिका-१० घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका बस्ने ५२ वर्षीय मल्ललाई आज ललितपुर महानगरपालिका प्रहरीले पक्राउ गरेको हो।
उनीविरुद्ध फागुन ५ गते बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा उनी पक्राउ परेका हुन्।
उनी पूर्वसंविधान सभा सदस्य हुन।