लियोनल मेसी को ९०० गोल पूरा, विश्व फुटबलमा ऐतिहासिक कीर्तिमान

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ चैत, २०८२
७ महिनाअघि

काठमाडौं – अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले आफ्नो करियरमा ९०० गोल पूरा गर्दै विश्व फुटबलमा नयाँ इतिहास रचेका छन्। इन्टर मियामी बाट खेल्दै उनले कन्काकाफ च्याम्पियन्स कपअन्तर्गत न्यासभिल एससी विरुद्ध खेलको सातौं मिनेटमै गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन्।

३८ वर्षीय मेसी ९०० गोलको कीर्तिमान छुने इतिहासकै दोस्रो खेलाडी बनेका छन्। यसअघि क्रिस्टियानो रोनाल्डोले यो उपलब्धि हासिल गरिसकेका छन्। मेसीले आफ्नो करियरमा बार्सिलोना, पेरिस सेन्ट-जर्मेन, अर्जेन्टिना राष्ट्रिय टोली र हाल इन्टर मियामीबाट खेल्दै गोल गरेका छन्।

Advertisement

बार्सिलोनाबाट १७ वर्षमा उनले ६७२ गोल गर्दै १० ला लिगा र ४ च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जितेका थिए। त्यसपछि पेरिस सेन्ट-जर्मेनमा दुई सिजन खेल्दा ७५ खेलमा ३२ गोल गरेका थिए, जहाँ उनले नेयमार र किलियन एमबाप्पेसँग आक्रामक ‘ट्रायो’ बनाएका थिए।

सन् २०२३ मा इन्टर मियामीमा आबद्ध भएपछि उनले ९२ खेलमा ८१ गोल गर्दै टोलीलाई उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका छन्।अन्तर्राष्ट्रिय स्तरमा मेसीले अर्जेन्टिनाका लागि १९६ खेलमा ११५ गोल गर्दै टोलीलाई विश्वकप जिताएका छन्।

तथ्यांकअनुसार उनका ९०० गोलमध्ये ७५५ बायाँ खुट्टाबाट, १११ दायाँ खुट्टाबाट, ३० हेडमार्फत र ४ अन्य तरिकाबाट आएका छन्। उनले ११२ पेनाल्टी र ७० फ्रि–किकबाट गोल गरेका छन्।

मेसी र रोनाल्डो मात्र पुरुष फुटबल इतिहासमा ९०० गोल पूरा गर्ने खेलाडी हुन्, जबकि पेले र रोमारियो जस्ता महान खेलाडीहरू यस सूचीभन्दा पछाडि रहेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०