सेफर्ट–एलनको ऐतिहासिक ओपनिङ, यूएईविरुद्ध न्युजिल्यान्डको १० विकेटको जित

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २८ माघ, २०८२
७ महिनाअघि

काठमाडौं । ओपनर जोडी टिम सेफर्ट र फिन एलनले कीर्तिमानी साझेदारी गर्दै न्युजिल्यान्डलाई आईसीसी टी–२० विश्वकपमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध १० विकेटको सानदार जित दिलाएका छन् ।

टी–२० विश्वकप इतिहासमा न्युजिल्यान्डले १० विकेटले जित निकालेको यो पहिलो अवसर हो । समग्रमा हेर्दा विश्वकपमा कुनै पनि टिमले १० विकेटको जित दर्ता गरेको यो छैटौँ पटक हो । यसअघि अस्ट्रेलिया, दक्षिण अफ्रिका, ओमान, पाकिस्तान र इंग्ल्यान्डले यस्तो जित हात पारेका थिए ।

मंगलबार  भारतको चेन्नाईस्थित एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा यूएईले दिएको १७४ रनको लक्ष्य न्युजिल्यान्डले आक्रामक ब्याटिङ गर्दै १५.२ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो ।

न्युजिल्यान्डको जितमा टिम सेफर्ट र फिन एलनले सुरुबाटै यूएईका बलरमाथि दबाब बनाए । सेफर्टले ४२ बलमा १२ चौका र तीन छक्कासहित ९ रन बनाए । अर्का ओपनर एलनले ५० बलमा पाँच चौका र पाँच छक्काको मद्दतमा ८४ रनको योगदान दिए ।

यूएईका बलरहरू न्युजिल्यान्डविरुद्ध प्रभाव जमाउन असफल रहे । प्रयोग गरिएका पाँच बलरमध्ये हैदर अलीबाहेक सबैको रनरेट ११ भन्दा माथि रह्यो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।

कप्तान महोम्मद वसिमले सर्वाधिक ६६ रन जोड्दा अलिसन सराफुले अर्धशतक प्रहार गरे । १२–१ को कठिन अवस्थाबाट वसिम र सराफुले १०७ रनको साझेदारी गर्दै यूएईको इनिङ सम्हालेका थिए । मयंक कुमारले २१ रन बनाए भने अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन् ।

न्युजिल्यान्डका म्याट हेनरीले चार ओभरमा ३७ रन खर्चिँदै दुई विकेट लिए । ज्याकोब डफी, लाकी फर्गुसन, मिचेल सेन्टनर र ग्लेन फिलिप्सले समान एक–एक विकेट हात पारे ।

यो जितसँगै न्युजिल्यान्डले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । यसअघि उसले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । दुई जितपछि न्युजिल्यान्डको सुपर–८ यात्रा थप बलियो बनेको छ । यूएईको भने यो प्रतियोगितामा पहिलो खेल हो ।

प्रकाशित समय: मङ्गलबार २८ माघ, २०८२, १८:३८:०५

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

बिहिबार १ असोज, २०८३
५ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०