नेपालको कम्ब्याक जितमा सहारा लिम्बूको दुई गोल

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ भदौ, २०८२
१ वर्षअघि

विराटनगर । नेपालले साफ यु–१७ महिला च्याम्पियनसिप फुटबलमा घरेलु टोली भुटानमाथि पुनरागमन जित निकालेको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा शुक्रबार भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हरायो । च्याम्पियनसिपमा नेपालले पहिलो जित हो । नेपाल पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको थियो ।

नेपालका लागि दुवै गोल सहारा लिम्बुले दोस्रो हाफमा गरेकी थिइन् । यसअघि भुटानने पहिलो हाफमा शेगेलको गोलमा १–० को अग्रता लिएको थियो । दोस्रो हाफमा गोल फर्काउने भुटानको योजना सफल भएन ।

जितसँगै नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ । भुटानले दोस्रो हार खेपेको छ । भुटान आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।

च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भुटान र बङ्गलादेशको सहभागिता रहेहेको छ । एक अर्कासँग दुई दुई खेल खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले अब अर्को खेल भारतसँग अगस्ट २९ तारिख खेल्नेछ । यस्तै भुटानसँग ३१ तथा बङ्गलादेशसँग अगस्ट २४ र २७ तारिख प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित समय: शुक्रबार ६ भदौ, २०८२, २२:०१:१९
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०