गौरकाण्डको १९ वर्षपछि सर्वोच्च खोल्यो बन्द फाइल, अनुसन्धानमा तानिँदै उपेन्द्र यादव

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३ भदौ, २०८२
११ महिनाअघि

विराटनगर । रौतहटको गौरमा ७ चैत २०६३ मा मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाले एकै दिन उही समयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए । दुवै पक्षले एकै दिन कार्यक्रम राखेपछि जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई एकै दिन कार्यक्रम नगर्न बरु एकदिन अघि–पछि गर्न अनुरोध गरेको थियो, तर कसैले टेरेनन् ।

गौरस्थित राइस मिलको चौरमा आयोजित सभामा दुवैतर्फका कार्यकर्ता आउने क्रम बढ्दै गयो । फोरमको कार्यक्रममा सहभागी भएकामध्ये केही कार्यकर्ताले माओवादीले बनाएको मञ्च तोडफोड गर्न र भत्काइदिन थाले । घटना थाहा पाएपछि नगर परिक्रमा गरी कार्यक्रमस्थलमा आउँदै गरेका मधेशी मुक्ति मोर्चाका कार्यकर्ताहरूमध्येबाट कसैले नगरपालिका कार्यालय नजिकैबाट हवाई फायर गरेपछि फोरमका केही कार्यकर्ता भागेका थिए ।

Advertisement

मञ्च तोडफोडबाट सुरु भएको हवाई फायर र भागदौड पछि भिडन्तमा परिणत भयो । भागदौड मच्चिएको बेला फोरमका तर्फबाट पनि गोली चलेको थियो । त्यतिबेला मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन अनुसार, फोरम तर्फबाट माओवादीहरूलाई पूर्व तयारी गरी नियोजित रूपमा नियन्त्रणमा लिई भएको क्रियाकलाप अमानवीय र क्रूर हुन पुगेको देखिन्छ ।

प्रतिकारमा पूर्वतयारीका साथ आएका फोरमका कार्यकर्ताहरूले माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएर हत्या गरेका थिए । त्यो घटनामा २७ जना मानिस मारिएका थिए । तर पीडितहरू २८ जनाको ज्यान गएको दाबी गर्छन् । घटनास्थलमा ६ जनाको शव भेटिएको थियो भने त्यसभन्दा ६÷७ किलोमिटर टाढा १२ जनाको शव एकै ठाउँमा भेटिएको थियो । अन्य लाश घटनास्थल वरपर थिए ।

सबै व्यक्तिलाई लखेटेर नियन्त्रणमा लिई ‘पाशविक तरिका’ले हत्या गरिएको थियो । मारिएका कतिपय व्यक्तिहरूको संवेदनशील अंगमा प्रहार गरिएको थियो । प्रायःजसो शवको टाउकोमा भाटा प्रहारका कारण गहिरो घाउ, रगत बगेको लगायत कारणले मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा पनि उल्लेख थियो ।

घटनामा सयभन्दा बढी घाइते भएका थिए । गौर घटना हुँदा माओवादी भर्खरै शान्ति प्रक्रियामा आएको थियो भने जनआन्दोलनका बलमा शाही सरकार भंग भएर गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेको थियो । त्यसपछि १२ वटा सरकार बने । अहिलेको समेत गणना गर्ने हो भने माओवादीकै नेतृत्वमा चार वटा सरकार बने, तर घटनामाथि छानबिन भएको थिएन ।
तर, झन्डै दुई दशकपछि उक्त नरसंहारको बन्द फाइल खोल्ने गरी सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । छानबिनको मागसहित दुई वर्षअघि अर्थात् १२ वैशाख २०८० मा त्रिभुवन साहसमेतले दर्ता गराएको रिटमाथि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासबाट अनुसन्धानको ‘बन्द फाइल’ खोल्ने गरी आदेश जारी भएको हो ।

उक्त आदेशले न्यायको आशा पलाएको पीडित पक्षले बताए पनि यसको ‘टाइमिङ’ र ‘राजनीतिक घटनाक्रम’ले प्रतिशोधजस्तो देखिन्छ ।

यसअघि २०६४ सालमै सो घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय, रौतहटमा ११३ जनाविरुद्ध जाहेरी दर्ता भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध दर्ता किताबमा २८ वैशाख ०६४ मा दुईवटा किटानी जाहेरी परे पनि विस्तृत अनुसन्धान र अभियोजन दुवै हुन सकेको थिएन । अनुसन्धान तथा अभियोजन नहुँदा आफूहरूले न्यायको अनुभूति गर्न नसकेको रिटमा थियो ।

प्रतिवादी खुलेको मुद्दामा जाहेरी दर्ता गरेको २० वर्षभित्र मुद्दा चलाइसक्नुपर्ने कानुनी प्रावधान छ । जसका आधारमा यो मुद्दामा प्रहरीले दुई वर्षभित्र अनुसन्धान सक्नुपर्ने हुन्छ ।

आयोगले घटना हुनुमा तत्कालीन नेकपा माओवादीको भ्रातृ संगठन मधेशी मुक्ति मोर्चा र मधेशी जनअधिकार फोरमको तिक्ततापूर्ण व्यवहार जिम्मेवार रहेको बताएको थियो । यो नरसंहारमा मुछिएका प्रमुख व्यक्ति हुन्– हालको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव । तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष यादवकै भूमिका कारण गौर नरसंहार भएको कतिपय अध्ययनको निष्कर्ष छ ।

सर्वोच्च अदालतको यो आदेशपछि तत्काल अनुसन्धानको दायरामा पर्ने व्यक्ति पनि यादव नै हुन् । किनभने कतिपय अध्ययन र अनुसन्धानले घटना हिंसात्मक हुनुमा यादवलाई जिम्मेवार मात्रै ठह¥याएको छैन, उनीमाथि अनुसन्धान नै गरी मुद्दा चलाउनुपर्ने भनेको छ । मानव अधिकार आयोगले उपेन्द्र यादवको नामै किटेर उनी लगायतमाथि अनुसन्धान गरी मुद्दा दायर गर्नुपर्ने भनेको थियो ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे प्रधानमन्त्री

मङ्गलबार ३० असार, २०८३
२ घण्टाअघि

उपराष्ट्रपति यादव कतार प्रस्थान गर्दै

मङ्गलबार ३० असार, २०८३
२ घण्टाअघि

गृहमन्त्रीलाई शाहीको प्रश्न,‘पानी बाँड्न गएको’ भन्दै सत्तामा पुग्नु राजनीतिकरण हो ?

मङ्गलबार ३० असार, २०८३
२ घण्टाअघि

प्रधानमन्त्रीलाई ‘श्री ८’ को संज्ञा दिँदै संसदमा सरकारमाथि खनिए सांसद् निश्कल राई

मङ्गलबार ३० असार, २०८३
३ घण्टाअघि

फिफा विश्वकप २०२६ : पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्दै

मङ्गलबार ३० असार, २०८३
३ घण्टाअघि

मिटरब्याज पीडितलाई भेट्न सिमरा पुगे गृहमन्त्री सुधन गुरुङ

मङ्गलबार ३० असार, २०८३
६ घण्टाअघि
प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे प्रधानमन्त्री
मङ्गलबार ३० असार, २०८३
उपराष्ट्रपति यादव कतार प्रस्थान गर्दै
मङ्गलबार ३० असार, २०८३
गृहमन्त्रीलाई शाहीको प्रश्न,‘पानी बाँड्न गएको’ भन्दै सत्तामा पुग्नु राजनीतिकरण हो ?
मङ्गलबार ३० असार, २०८३
प्रधानमन्त्रीलाई ‘श्री ८’ को संज्ञा दिँदै संसदमा सरकारमाथि खनिए सांसद् निश्कल राई
मङ्गलबार ३० असार, २०८३
फिफा विश्वकप २०२६ : पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्दै
मङ्गलबार ३० असार, २०८३
मिटरब्याज पीडितलाई भेट्न सिमरा पुगे गृहमन्त्री सुधन गुरुङ
मङ्गलबार ३० असार, २०८३
मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग
सोमबार २९ असार, २०८३
नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
सोमबार २९ असार, २०८३
कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी
सोमबार २९ असार, २०८३
गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने
सोमबार २९ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०