नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३१ साउन, २०८२
११ महिनाअघि

विराटनगर । नेपाल अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको छ ।

डार्विनमा शुक्रबार भएको खेलमा जितका लागि एक सय ७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३५ रनमा समेटियो ।

Advertisement

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाउनुभयो । यस्तै गुलसन झाले २६, कप्तान रोहित पौडेलले २३, उपकप्तान दीपेन्द्रसिंह ऐरीले १९ र ओपनर आशिफ शेखले ११ रन बनाए ।

बलिङमा नर्दन टेरिटोरी स्ट्राइकरका म्याट ह्यामन्डले तीन विकेट लिनुभयो । केन रिचर्डसन र थोमस एन्ड्रयुले दुई दुई तथा हामिस मार्टिनले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नर्दन टेरिटोरीले निर्धाीरत २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७७ रन बनाएको थियो ।

नर्दन टेरिटोरीका लागि डार्सी सटले सर्वाधिक ५१ रन बनाए भने टम एन्ड्रियुजले अविजित ३२, जोर्डन सिल्कले १९, कोनोर क्यारोलले १८, क्याडल म्याकम्यहोनले १२ र ज्याक वेदरएल्डले ११ रन बनाए ।

बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । उनले चार ओभरमा ३८ रन दिए ।

यस्तै शाहब आलमले ३२ रन दिएर दुई विकेट तथा गुलसन झा, दिपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले एक एक विकेट लिए ।

अगस्ट २४ तारिखसम्म डार्विनमा हुने टप एन्ड टी–२० सिरिजमा दोस्रो खेल नेपालले अगस्ट १६ मा बङ्गलादेश ‘ए’ सँग खेल्नेछ ।

यस्तै नेपालले १८ मा मेलबर्न स्टार्स, १९ मा होबार्ट हुरिकेन्स, २० मा मेलबर्न रेनेगेड्स र २२ मा पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्ने छ । यस सिरिजमा ११ टोलीको सहभागिता रहेको छ ।

यस सिरिजपछि नेपालले अगस्ट २६ देखि ३० तारिखसम्म क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग पाँच वटा अभ्यास खेल पनि खेल्ने पक्का भएको हो ।

नेपालले अगस्ट २६ मा एसिटी तथा अगस्ट २८ मा साउथ अस्ट्रेलियासँग दुई दुई वटा टी–२० खेल खेल्ने छ । यस्तै अगस्ट ३० तारिख साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने छ ।

नेपालले अष्ट्रेलिया भ्रमणलाई आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा लिएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

आईतबार २१ असार, २०८३
१२ घण्टाअघि

विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धा को सँग ?

शनिवार २० असार, २०८३
२ दिनअघि

रोनाल्डो र रामोसको गोलमा पोर्चुगल अन्तिम १६ मा, अब स्पेनसँग भिड्ने

शुक्रबार १९ असार, २०८३
३ दिनअघि

एम्बाप्पेको कीर्तिमानी दुई गोलमा फ्रान्सको जित, प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग भिड्ने

बुधबार १७ असार, २०८३
५ दिनअघि

अन्तिम १६ मा नर्वेको भेट ब्राजिलसँग

बुधबार १७ असार, २०८३
५ दिनअघि

पेनाल्टीमा अभागी बन्यो चार पटकको वर्ल्ड च्याम्पियन जर्मनी, पराग्वे अन्तिम १६ मा

मङ्गलबार १६ असार, २०८३
६ दिनअघि
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
आईतबार २१ असार, २०८३
‘प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ’
आईतबार २१ असार, २०८३
इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने
आईतबार २१ असार, २०८३
चिनियाँ उपमन्त्री यान दोङ नेपाल आउँदै
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०