अस्ट्रेलियासँग भिड्दै नेपाल

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३१ साउन, २०८२
१ वर्षअघि

विराटनगर । अस्ट्रेलियाको उत्तरी सहर डार्बिनमा नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबारदेखि टप एन्ड टी–२० प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दैछ ।

बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजअन्तर्गत आज नेपालले आफ्नो पहिलो खेलमा स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरसँग दिउँसो १२:१५ बजे प्रतिस्पर्धा गर्नेछ ।

नेपालले दोस्रो खेलमा शनिबार बङ्गलादेश ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग भिड्ने नेपालले चौथो खेलमा मंगलबार होबार्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्नेछ।

चौथो खेलमा अगस्ट २० मा मेलबर्न रेनेगेड्स र पाँचौ खेल अगस्ट २२ मा पाकिस्तानको शाहीन्स प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ।

यो प्रतियोगिता नेपालका लागि केवल एउटा विदेशी भ्रमण मात्र होइन, आगामी टी–२० विश्वकप छनोटको तयारीका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ।

कप्तान रोहितकुमार पौडेलका अनुसार टोलीको लक्ष्य अनुभव बटुल्ने मात्रै होइन, सीधै जित निकाल्ने हो।

डार्बिनको पिच नेपालको मैदानभन्दा भिन्न छ। यहाँको बाउन्स र सिम मुभमेन्ट ब्याटरका लागि नयाँ चुनौती हो। यसले नेपाली ब्याटरलाई परिस्थिति अनुसार आफ्नो प्रविधि र स्कोरिङ रणनीतिमा सुधार गर्न बाध्य बनाइरहेको छ। रोहित स्वयं पनि आफ्नो रन बनाउने विकल्पमा काम गरिरहेका छन्।

तर, यस भ्रमणमा नेपालको सबैभन्दा ठूलो बल भनेको बलिङ अट्याक हो।

नेपाली टिम

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम।

प्रकाशित समय: शुक्रबार ३१ साउन, २०८२, ०७:१८:४९
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०