विराटनगर । उदयपुर कटारीलाई प्रतिनिधित्व गर्दै आएकी नेपाली राष्ट्रिय टोलीकी डिफेन्डर हिरा कुमारी भुजेल लामो विश्रामपछि मैदान फर्केकी छिन् ।
राष्ट्रिय टोलीका लागि खेल्दा साफ च्याम्पियनसिपका दौरान दशरथ रंगशालामा चोट बोकेकी उनी एपिएफका लागि एएफसी महिला च्याम्पियन्स लिग खेल्ने टोलीमा समेटिएकी छिन् ।