अधियाँ खेतीमै निर्भर भूमिहीन परिवार

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २५ साउन, २०८२
१२ महिनाअघि

एजेन्सी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ नौखरीका कान्छा चौधरी बिहान सबेरै हलो बोकेर निस्कन्छन्, तर त्यो हलो उनी आफ्नै खेत जोत्न होइन । छिमेकीको अधियाँ–बटैयामा बनाएको खेत बारी जोत्नका लागि हो ।

उनीसँग घरवासका लागि मात्रै जग्गा छ । त्यस जग्गाले परिवारको वर्षभरिको खानाको जोहो नहुने भएपछि अधियाँ–बटैयामा जग्गा कमाउँदै आएका छन् । उनीजस्तै अधियाँ–बटैयामा खेती गर्ने नगरपालिकामा दर्जनौँ किसान छन् ।

जो जीविका चलाउनकै लागि अधियाँ अर्थात् बटैयामा खेती गर्दै आएका छन् । बटैयामा खेती गर्ने किसानले र जग्गाधनीले उत्पादन भएको अन्न आधा आधा बाँडेर लिने गरेका छन् । जसका लागि जग्गाधनीले जग्गासँगै सिँचाइका लागि पानी निःशुल्क रूपमा उपलब्ध गराउँछन् । अधियाँ लगाउनेले खेत जोत्छन् । खेती लगाउँछन्, काट्छन्, बाली पाकेपछि भित्र्याउने जिम्मा पनि अधियाँ गर्नेकै हुने कान्छा बताउँछन् ।

तर जोत्ने कार्यबाहेक थ्रेसिङ गर्दा लाग्ने खर्च, मलखाद, विषादी, बीउबिजनलगायतको खर्च अधियाँ बनाउने र जग्गा धनिले आधा–आधा बेर्होछन् । जग्गा थोरै हुँदा वर्षभरी खान नपुग्ने परिवारले अधियाँ खेती लगाउने गरेका छन् । अधियाँ खेती गर्ने कार्य भने धेरै वर्षअघिदेखि चल्दै आएको छ । अधियामा खेती गरेर जग्गाधनी र खेती लगाउने व्यक्ति गरी दुई परिवारको जीविका चल्ने गरेको कलेशु चौधरीले बताए ।

उनका अनुसार अधियाँ लगाउने जोताहा किसानलाई जग्गाधनीले पहिला घरको काममा पनि लगाउने गर्दथे । त्यसका लागि अधियाँ माग्न जाँदा नै मौखिक रूपमा करार गर्नुपर्दथ्यो । बदलिँदो परिवेशअनुसार हाल अधियाँ लगाउने व्यक्तिले जग्गाधनीको घरायसी काम भने गर्नुपर्दैन । त्यो चलन हटेको छ ।

‘कसैले स्वविवेकले कार्य गरे भने त्यो बेग्लै कुरा हो’, कलेशुले भन्नुभयो, ‘पुरानो चलन हटेको छ, मौखिक रूपमा विश्वासका आधारमा हाल काम हुने गरेको छ, अधियाँ लगाउने र जग्गाधनीबीच भने कुनै लिखित करार हुने गरेको छैन ।’

जग्गाधनीले अधियाँ लगाउने किसानले खेती राम्ररी नलगाए बीचमै छुटाउने कार्य हुँदै आएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सुदूरपश्चिम प्रदेश सचिव रामबहादुर चुँनाँराले बताए । त्यस कार्यले अधियाँमा जीविका चलाउने परिवार भने समस्यामा पर्ने गरेको उनी बताउँछन् ।

मञ्चले सङ्कलन गरेको तथ्याङकअनुसार नगरपालिकामा खेती गर्ने जमिन थोरै छ । जमिनमा आश्रित जनसङ्ख्या अत्यधिक छ । नगरपालिकाको कूल १६२ दशमलव ७५ वर्गकिलोमिटर क्षेत्रफलमध्ये केवल आठ दशमलव ४२ वर्ग किलोमिटर (५.१७ प्रतिशत) जमिन मात्रै खेतीयोग्य छ । बाँकी सबै क्षेत्रमा वन, बस्ती, सडक, खोलानाला, धार्मिक क्षेत्र र अन्य प्रयोगको जमिन रहेको छ ।

नगरपालिकामा १२ हजार ५८ घरधुरीमध्ये ८२८ परिवारसँग अझैपनि आफ्नो नाममा जग्गा छैन । पुरुषको जग्गामा स्वामित्व ९४ प्रतिशत छ भने, महिलाको नाममा पाँच दशमलव आठ प्रतिशत जग्गाको स्वामित्व छ । लैङ्गिक समानताका चर्का कुरा गरिए पनि व्यहारमा भने महिलाको सम्पती माथिको अधिकार सीमित रहेको मञ्चका सचिव चुँनारा बताउँछन् ।

उनका अनुसार भूमिहीनहरूमध्ये धेरैजसो दलित, सुकुम्बासी र आदिवासी जनजाति समुदायका व्यक्तिहरू रहेका छन् । जसले पुस्तौँदेखि अरुको जमिनमा अधियाँ जग्गा कमाउनका लागि पसिना बगाइरहेका छन् । ‘हामी पुर्खौदेखि अरुको जमिन जोत्दै आएकाछौँ’, गोरे दमाईले भने, ‘आफ्नो नाममा जग्गा छैन अरुकै भरमा जीविका चल्दै आएको छ ।’

भूमि अधिकार मञ्चका अनुसार, हालसम्म नगरपालिकाबाट एघार हजार ८५४ अव्यवस्थित बसोबासी, २१५ भूमिहीन दलित र १४८ सुकुम्बासीले जग्गा स्वामित्वका लागि भूमिसम्बन्धी समस्या समाधान आयोगमा निवेदन दिएका छन् ।

निवेदन दिएकामध्ये केही वडाका अव्यवस्थीत बसोबासीको जग्गा नापजाँचको कार्य भएको छ भने केही हुने क्रममा रहेको छ । भूमिहीन दलित र सुकम्बासीले निवेदन दिए पनि कुनै पनि कार्य अगाडि बढन सकेको छैन । जग्गामा खेती लगाए पनि बर्सेनि आउने बाढीले शुक्लाफाँटाका किसानलाई सास्ती दिने गरेको छ । बाढीकै कारण लगाइएको खेती डुबान र कटानका कारण प्रतिवर्ष प्रभावित हुने गरेको छ ।

जलवायु परिवर्तनको असरका कारण बेमौसमी वर्ष हुँदा खेती भित्र्याउन नपाउँदै कुनै वर्ष खेतमै धान, गहुँलगायतका बालीमा नोक्सानी बेहोर्नुपर्ने अवस्था रहने मञ्चका सुदूरपश्चिम अध्यक्ष नन्दादेवी जोशीले बताइन् । उनका अनुसार अघिल्लो दुई वर्षमा मात्रै नगरपालिकाका आठभन्दा बढी परिवार बाढी र डुबानले प्रत्यक्ष प्रभावित भएका थिए । ‘जसबाट सबैभन्दा बढी मार अधियाँ जग्गा कमाउने जोताहा किसानलाई पर्ने गरेका छन्’, उनले भने, ‘जसमा भूमिहीन दलित, सुकुम्बासी परिवारका व्यक्तिहरू समस्यामा पर्ने गरेका छन् ।’

जलवायु परिवर्तनको असरले वर्षा चक्र अनियमित बन्दा कहिले अति पानी, कहिले खडेरी हुन्छ । तापक्रमको वृद्धिसँगै नयाँ रोग र किराको प्रकोप फैलिएको छ । जसले नगदेबाली र तरकारी उत्पादनमा ठूलो असर परेको नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले बताए ।

पछिल्ला वर्षहरूमा केही उत्साही कृषकहरूले व्यावसायिक तरकारीखेती, फलफूल (केरा, आँप, लिची), नगदेबाली, कुखुरापालन र बङ्गुरपालनजस्ता मिश्रित खेती र पशुपालनलाई अँगाल्न थालेका छन् । तिनीहरूको सङ्ख्या भने थोरै रहेको छ ।

‘अब परम्परागत खेतीले मात्रैले हुँदैन, मौसमको अनिश्चिततासँग जुध्नका लागि खेतीमा परिवर्तन गर्नु आवश्यक छ’, उनले भने, ‘मौसम सुहाउँदो बढी उत्पादन दिने बाली लगाउनका लागि किसानलाई उत्प्रेरित गर्ने कार्य हुँदै आएको छ ।’ त्यसका लागि किसानलाई नगरपालिकाका तर्फबाट बीउबिजन, कृषि औजार, उपकरण, सिँचाइका साधनमा अनुदान दिने कार्य हँदै आएको उनले बताए ।

प्रकाशित समय: शनिवार २५ साउन, २०८२, ११:४९:२८

सम्बन्धित खबर

‘कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ’

शनिवार २३ साउन, २०८३
१६ घण्टाअघि

बैंककमा १४ वर्षीय किशोरको गोली प्रहारबाट ८ जनाको मृत्यु

शनिवार २३ साउन, २०८३
१७ घण्टाअघि

३० वर्षदेखि सगरमाथामा रहेको ‘ग्रीन बुट्स’को शव घर फर्काइँदै

शनिवार २३ साउन, २०८३
१८ घण्टाअघि

सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?

शुक्रबार २२ साउन, २०८३
१ दिनअघि

सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ

शुक्रबार २२ साउन, २०८३
२ दिनअघि

क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न

शुक्रबार २२ साउन, २०८३
२ दिनअघि
‘कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ’
शनिवार २३ साउन, २०८३
बैंककमा १४ वर्षीय किशोरको गोली प्रहारबाट ८ जनाको मृत्यु
शनिवार २३ साउन, २०८३
३० वर्षदेखि सगरमाथामा रहेको ‘ग्रीन बुट्स’को शव घर फर्काइँदै
शनिवार २३ साउन, २०८३
सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?
शुक्रबार २२ साउन, २०८३
सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ
शुक्रबार २२ साउन, २०८३
क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न
शुक्रबार २२ साउन, २०८३
भदौदेखि निर्णायक आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
शुक्रबार २२ साउन, २०८३
कांग्रेस सांसद् डा‍‍.चन्द्रमोहन यादव सदनमा मौन उभिने
शुक्रबार २२ साउन, २०८३
शनिबार पूर्वी नेपालका केही जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध
शुक्रबार २२ साउन, २०८३
राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने
शुक्रबार २२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०