नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल सेप्टेम्बरमा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३ साउन, २०८२
१ वर्षअघि

काठमाडौं । बंगलादेश राष्ट्रिय फुटबल टोलीले आगामी सेप्टेम्बरमा नेपालमा दुई वटा फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ ।

बंगलादेश फुटबल महासंघ (बीएफएफ) अन्तर्गत राष्ट्रिय टिम समितिको बिहीबार बसेको आपतकालीन बैठकले भियतनामको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो ।

Advertisement

बीएफएफको अध्यक्ष ताबिथ अवालको अध्यक्षतामा बसेको बैठकले नेपालसँगको खेललाई प्राथमिकता दिँदै ६ र ९ सेप्टेम्बर २०२५ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने गत २३ असारमा नै सामाजिक सञ्जालमार्फत बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेको थियो ।

त्यसको १० दिनपछि मात्रै बीएफएफ निष्कर्षमा पुगेको हो ।

बंगलादेशले यसअघि युरोप, अफ्रिका र एसियाका २७ देशलाई सेप्टेम्बरको फिफा विन्डोका लागि मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव पठाएको थियो।

तर, युरोप र अफ्रिकाका धेरैजसो टोलीहरू विश्वकप छनोट खेलमा व्यस्त रहेका कारणले सहभागी हुन नसक्ने जानकारी दिएका थिए।

श्रीलंकामा आयोजना हुने भनिएको ‘फोर नेसन्स कप’ मा पनि बंगलादेशले भाग लिने तयारी गरिरहेको थियो। तर, आयोजक श्रीलंका फुटबल महासंघले योजना परिवर्तन गरेपछि त्यो विकल्प पनि बन्द भएको थियो।

बीएफएफका अनुसार १८ जुन २०२५ (४ असार) मा एन्फाले बंगलादेशलाई नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्न आमन्त्रण गरेको थियो। बीएफएफले भने २ जुलाई (१८ असार) मा एन्फालाई जवाफ फर्काएको थियो।

यद्यपि, ११ जुलाईमा भियतनाम फुटबल महासंघले पनि दुई मैत्रीपूर्ण खेलको लागि आमन्त्रण पठाएपछि बंगलादेश नेपालसँग २ मैत्रीपूर्ण खेल नखेल्ने मनस्थितिमा पुगेको थियो।

गत शनिबार बसकेको बंगलादेशको राष्ट्रिय टोलीको बैठकले नेपालसँग खेल्नुका साथै अझ बलियो टोलीसँग पनि खेल्ने निर्णय गरेको थियो।

बीएफएफ मिडिया समितिका अध्यक्ष आमिरुल इस्लाम बाबुका अनुसार त्यतिखेरै अर्को एक बलियो टोली बंगलादेशसँग खेल्न मानिसकेको बताएका थिए।

त्यो भियतनाम नै थियो। यो टोली फिफा वरीयतामा ११३औं स्थानमा छ। नेपाल १७६ र बंगलादेश १८४औं स्थानमा छ। तर, बैठकले यसअघि नै आफूसँग दुई मैत्रीपूर्ण खेल्ने एन्फाले घोषणा गरिसकेको कारण एकहोरो रद्द नगर्ने निर्णय गरेको थियो।

त्यही बेला बीएफएफका अध्यक्ष अवल नेपाल आएर फर्किएका थिए। दुई दिने भ्रमणमा आएका उनले एन्फाका केही पदाधिकारीलाई समेत भेटेका थिए। तर, उक्त कुरा एन्फाले अहिलेसम्म कतै सार्वजनिक गरेको छैन।

भेटमा नेपाल खेलविहीन नहोस् भनेर कम्बोडियासँग पनि वार्ता गर्ने निष्कर्षमा पुगेको बंगलादेश राष्ट्रिय फुटबल टोलीका म्यानेजर अमेर खानले बिहीबार बिहान मात्रै बताएका थिए।

यद्यपि, नयाँ बनेको समीकरण अझै जटिल र अन्योलपूर्ण हुने देखिएको थियो। नेपालको लक्ष्य २०२३ पछि पहिलोपल्ट दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेलाउने थियो।

तर, बीएफएफले नेपालसँगको पूर्वसहमति र क्षेत्रीय मैत्रीपूर्ण सम्बन्धलाई प्राथमिकता दिँदै भियतनामको प्रस्ताव नमान्ने निर्णय गरेको बीएफएफका मिडिया म्यानेजर साडमान सकिबले जानकारी दिए।

योसँगै एन्फाले तय गरेअनुसार सेप्टेम्बर ६ र ९ (२१ र २४ भदौ) मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुने पक्का भएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०