कार्यालय प्रमुख पोखरेलमाथि हातपात गर्ने लिम्बूलाई अनुसन्धान गर्न ७ दिन म्याद थप

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १९ असार, २०८२
१ वर्षअघि

विराटनगर । जिल्ला खेलकुद विकास समिति मोरङका कार्यालय प्रमुख राजन पोखरेलमाथि अपशब्द प्रयोग गर्दै हातपात गरेको आरोपमा पक्राउ विवादित खेलकुदकर्मी रामबहादुर लिम्बूलाई हिरासतमा राखेर अनुसन्धान जिल्ला प्रशासन कार्यालय मोरङले ७ दिनको म्याद थप गरेको छ।

असार १५ गते विराटनगरस्थित शहिद रंगशालाबाट पक्राउ परेका लिम्बूलाई अभद्र व्यवहारमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले ७ दिनको म्याद थप गरेको हो।

Advertisement

लिम्बूलाई पक्राउ परेको मिति असार १५ गते देखि लागू हुने गरि ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त प्रवक्ता प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

कार्यालय प्रमुख पोखरेलमाथि १५ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा कराते खेलाडी छनोटको विषयमा कार्यालयमै पुगेर हातपात गरेको आरोपमा लिम्बूलाई कार्यालय प्रमुख पोखरेलको जाहेरीको आधारमा पक्राउ गरिएको निमित्त प्रवक्ता ओलीले बताए ।

घटना पछि केही समय फरार रहेको लिम्बू कार्यालय प्रमुख पोखरेल लगायतका कर्मचारीसँग छलफल गर्न शहिद रंगशाला आएको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो।

लिम्बूलाई पक्राउ गर्ने माग गर्दै मोरङ जिल्ला खेलकुद कर्मचारी संघले रंगशालामा ताला लगाउने देखि खेलकुद समितिको कार्यालयमा तालाबन्दी समेत गरेको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०